काठमाडौं ।नेपाली काँग्रेसले माघ ९ गतेसम्म काठमाडौं बाहिर नजान आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ ।मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई मध्यनजर गर्दै काँग्रेसले आफ्ना सांसदहरुलाई उक्त ह्विप जारी गरेको हो ।
यदी काठमाडौं उपत्यका बाहिर जानै परे पार्टीलाई जानकारी दिनुपर्ने छ । नेपाली काँग्रेसले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो । जबकी एमालेसहितको ७ दलले प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेका थिए ।
काँग्रेसको मतसहित प्रचण्डले संसदमा ९९.२५ प्रतिशत मत पाएका हुन् । अब सभामुखको निर्वाचन हुने छ । जसका लागि माघ ३ गते सूचना टाँस गरी तोक्न प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसद सचिवालयलाई निर्देशन दिएका छन् । त्यस्तै माघ ५ गतेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ।
सोही दिन सभामुखको निर्वाचन हुने छ।उपसभामुखको निर्वाचन भने माघ ९ सम्ममा गर्ने तयारी भइरहेको छ।
प्रधानसेनापति प्रभुराम शर्मा आज गोरखा जाने भएका छन् । शर्मा गोरखा नगरपालिका–६ स्थित ठूलो आँगनमा निर्माण भएको पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न त्यसतर्फ जाने भएका हुन् ।
पुृथ्वीनारायण शाहको जन्मदिनको अवसरमा गोरखामा शालक अनावरण गर्न लागिएको हो । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि एक कार्यक्रममा सहभागी हुन आजै गोरखा जाँदैछन् ।
प्रकाशित मिति २०७९ पुस २७ गते बुधबार १०:२२