जथाभाबी भन्नेलाई समीक्षाको कडा जवाफ-‘मुख र मलद्वारको काम चिन’

जथाभाबी भन्नेलाई समीक्षाको कडा जवाफ-‘मुख र मलद्वारको काम चिन’

छाँयापाटी

@छाँयापाटी

२०७९ पुस २८ गते बिहिबार ०४:०१

काठमाडौं।गायिका समीक्षा अधिकारीले आफूलाई जथाभाबी भन्नेलाई कडा जवाफ फर्काएकी छन् । पछिल्लो समय गाली गर्ने र अपशब्द बोल्नेहरूप्रति कडा रूपमा प्रस्तुत हुँदै आएकी समीक्षाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै आलोचना...

काठमाडौं।गायिका समीक्षा अधिकारीले आफूलाई जथाभाबी भन्नेलाई कडा जवाफ फर्काएकी छन् ।
पछिल्लो समय गाली गर्ने र अपशब्द बोल्नेहरूप्रति कडा रूपमा प्रस्तुत हुँदै आएकी समीक्षाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै आलोचना गर्नेहरुलाई कडा जवाफ फर्काएकी हुन् ।

गायिका समीक्षाले आफूलाई जथाभाबी भन्नेलाई मुख र मलद्वारको काम चिन्नसमेत अनुरोध गरेकी छन् ।

उनले लेखेकी छन्, ‘बचनले दिएको घाउको औषधी वचन नै हो । वचनले घर, समाज र संसार बन्छ, वचनले नै युद्ध भड्कन्छ । सबैभन्दा सजिलो छ, मनलागी सस्तो बोल्न र मुख छाड्न । अर्थपूर्ण बोल्न त साधना गर्नुपर्छ । मेरा मित्रहरु ! गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ । मुख र मलद्वारको काम चिन ।

युवापुस्तामाझ चर्चित रहेका र्‍यापर भिटेनले फिल्मका लागि र्‍याप तयार पारेका छन्। अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘छड्के २’ का लागि उनले आफ्नै शब्द, सङ्गीत र स्वर रहेको र्‍याप गीत रेकर्ड गराएका छन्।

बुधबार काठमाडौंस्थित एक स्टुडियोमा रेकर्ड सकिएपछि कथा सुहाउँदो रहेकाले फिल्मसँग जोडिएको संक्षिप्त प्रतिक्रिया दिए। “फिल्मको पात्रसँग सुहाउने भएकाले जोडिएको हुँ”, भिटेनले भने।

फिल्मका निर्माता प्रशान्त गिरीले र्‍याप आवश्यक परेकाले समावेश गरिएको जानकारी दिए। “ग्याङस्टार जनरामा निर्माण भएको फिल्ममा अभिनेता केसीलाई अन्यभन्दा फरक पाउनु हुनेछ, हामी गीत–सङ्गीतमा समेत फरकपन दिन चाहन्छौँ”, निर्माता गिरीले भने।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आलेमगरको समेत अभिनय रहेको छ । चितवन र मुस्ताङमा छायाङ्कन गरिएको यो फिल्म ‘छड्के’ को सिक्वेल भएता पनि कथावस्तु नयाँ रहेको निर्देशक श्रेष्ठले बताए।

नामको मात्र सिक्वेल हो, विषयवस्तु फरक छ, निर्देशक श्रेष्ठले भने। काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मसँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् ।

प्रकाशित मिति २०७९ पुस २८ गते बिहिबार ०४:०१
प्रतिक्रियाहरु