Breaking: सन्दीप लामिछानेको मुद्दामा अब केहि मिनेटमा आदेश आउदै

Breaking: सन्दीप लामिछानेको मुद्दामा अब केहि मिनेटमा आदेश आउदै

छाँयापाटी

@छाँयापाटी

२०७९ पुस २८ गते बिहिबार ०४:२२

काठमाडौं। नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदन निवेदनमाथि अहिले उच्च अदालत पाटनमा सुनुवाइ जारी छ। ज’ बरज’ स्ती क’ रणी मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध...

काठमाडौं। नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदन निवेदनमाथि अहिले उच्च अदालत पाटनमा सुनुवाइ जारी छ। ज’ बरज’ स्ती क’ रणी मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उनले दिएको निवेदनमा न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो।

उक्त मुद्दाको सुनुवाइका लागि १२ मुद्दालाई ‘हेर्न नभ्याइने’मा राखिएको छ। आज उक्त मुद्दाको तीन नम्बरमा पेसी तोकिएको थियो। उच्च अदालत पाटनका सूचना अधिकारी दिनेश पौडेलले सुनुवाइ अन्तिमतिर पुगेको जानकारी दिए। उनले अब एक समय पछी सुनुवाइ सकिएर आदेश आउने बताए।

यसअघि उक्त मुद्दा तीनपटक पेसी तोकिए पनि स्थगित भएको थियो। एकपटक हेर्न नभ्याइनेमा परेको थियो भने दुईपटक सन्दीपको कानुन व्यवसायीको तर्फबाट सुनुवाई स्थगित भएको थियो। अब कानुन व्यवसायीको तर्फबाट २ पटक भन्दा बढी पेसी स्थगित गर्न मिल्दैन।

एक किशोरीले ब’ लात्का’ रको उजुरी दिएपछि २० असोजमा सन्दीप पक्राउ परेका थिए। लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा ना’ बालिगलाई ब’ लात्का’ र गरेको अभियोगमा मुद्दा चलिरहेको छ। पीडित किशोरी नाबालिग वा बालिग भन्ने विषयमा विभिन्न तर्क आएपछि जिल्ला अदालतले अस्पतालबाट जन्म मिति ल्याउन आदेश दिएको थियो।

उक्त आदेशपछि नारायणी उपक्षेत्रीय अस्पतालले किशोरीको जन्म मिति २०६१ साल जेठ १८ गते देखिएको पठाएको थियो। यसले भदौ ५ को केश भएकाले ती किशोरी जेठ १८ मै १८ वर्ष पुगेको देखिएको छ। हाल केन्द्रीय कारागारमा रहेका सन्दीपको न्यायका लागि सर्वसाधरण तथा क्रिकेटरहरुले आवाज उठाउँदै आएका छन्।

प्रकाशित मिति २०७९ पुस २८ गते बिहिबार ०४:२२
प्रतिक्रियाहरु