५ शर्त उल्लंघन गरे सन्दीप लामिछाने फेरि थुनामा जाने छन्, यस्ता छन् शर्त

५ शर्त उल्लंघन गरे सन्दीप लामिछाने फेरि थुनामा जाने छन्, यस्ता छन् शर्त

छाँयापाटी

@छाँयापाटी

२०७९ पुस २८ गते बिहिबार १०:०३

काठमाडौं । उच्च अदालत पाटनको आदेशससँगै नाबालिग जर्जस्तीकरणी आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने भोलि (शुक्रबार) धरौटी बुझाएर छुट्दै छन् । बिहीबार न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई...

काठमाडौं । उच्च अदालत पाटनको आदेशससँगै नाबालिग जर्जस्तीकरणी आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने भोलि (शुक्रबार) धरौटी बुझाएर छुट्दै छन् ।

बिहीबार न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई २० धरौटीमा छाड्न आदेश दिएको हो ।

इजलासको १९ पन्ने जारी गरेको आदेशको १७ पन्नाको ५ बुँदे आदेश पालना नगरे फेरि थुनामा जाने छन् । यद्यपि, यी बुदा सन्दीपले पालना नगरे धरौटी माग गरिएको भए पनि उक्त आदेश स्वतः निष्क्रिय भएको मानिने अदालतको आदेशमा उल्लेख छ।

के छन् ५ शर्तहरु :

बुँदा ‘क’ मा मुद्धाको फैसला नभएसम्म सन्दीपलाई नेपालबाहिर जान रोक लगाइएको छ । साथै, सन्दीपको राहदानी रोक्का राख्न गृह मन्त्रालयलाई पत्रचार गर्न पनि आदेशमा भनिएको छ ।

उक्त आदेशको बुँदा ‘ख’मा मुद्धाको विषयमा कुनै पनि सामग्री विद्युतीय वा सार्वजनिक सञ्चारमाध्यममा प्रकाशन, प्रसारण गर्न नपाइने भनिएको छ ।
बुँदा ‘ग’ मा पीडित किशोरी र उनको परिवारसँग सम्पर्क, भेटघाटमा नरहन आदेशन दिइएको छ ।
) काठमाडौं उपत्यका छाड्नै पर्ने अवस्था आएमा जिल्ला प्रहरी परिसर काठमाडौंलाई लिखित जानकारी दिनुपर्ने भनिएको छ भने जाने र छाड्ने मिति पनि यकिन गर्न भनिएको छ ।

५) माथिका खण्डहरूमा उल्लिखित आदेशहरूको पालनाको प्रभावकारिताको प्रयोजनका लागि सन्दीपको गतिविधिको निगरानी गर्ने एवं निजको मोबाइल नम्बर, मोबाइल नम्बरमा सेवा प्रदायक संस्थामार्फत पहुँच राखी सोसँग सम्बन्ति सामग्री वा विवरणको सञ्चार अभिलेख गर्नका लागि प्रहरी प्रधान कार्यालयले सुरक्षित र उपयुक्त व्यवस्था मिलाउन सक्नेछ। त्यसरी पहुँच राखिएका र अभिलेख गरिएका सामग्री वा विवरणको गोप्यता भंग नहुने व्यवस्था मिलाउनुपर्ने छ। जिल्ला अदालतले माग गरेका बखत त्यस्ता सामग्री वा विवरण उपलब्ध गराउनु पर्नेछ। यसको जानकारी प्रहरी प्रधान कार्यालयलाई दिन भनिएको छ।

असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सन्दीपमाथि १८ वर्षीया नाबालिगमाथि जर्बस्तीकरणी गरेको अभियोगमा कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो।

सन्दीपविरुद्ध गत भदौँ ५ को राति तिलगंगाको एक होटलमा नाबालिग युवतीलाई लगेर जबर्जस्तीकरणी गरेको भदौँ २१ मा प्रहरी वृत्त गौशालामा उजुरी दर्ता भएको थियो । गौशालमा उजुरी दर्ता भएको भोलिपल्ट २२ गते प्रहरीले सन्दीपमाथि अनुसन्धान सुरु गरेको थियो।

प्रकाशित मिति २०७९ पुस २८ गते बिहिबार १०:०३
प्रतिक्रियाहरु