आज नै उपप्रधानसहित उर्जामन्त्री बन्दै राजेन्द्र लिङ्देन

आज नै उपप्रधानसहित उर्जामन्त्री बन्दै राजेन्द्र लिङ्देन

छाँयापाटी

@छाँयापाटी

२०७९ पुस २९ गते शुक्रबार ०८:३३

काठमाडौं । सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा उर्जामन्त्री पाउने सहमति भएको छ । स्रोतका अनुसार बिहीबार भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा...

काठमाडौं । सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा उर्जामन्त्री पाउने सहमति भएको छ ।

स्रोतका अनुसार बिहीबार भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा राप्रपालाई उपप्रधानसहित उर्जा मन्त्रालय दिने सहमति भएको हो ।

त्यस्तै गरी बिहीबारको बैठकमा मन्त्रालयको अन्य भागठबण्डाका विषयमा पनि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल भएको बुझिएको छ ।

त्यस्तै राप्रपालाई अन्य २ मन्त्रालय पनि दिइने छ । यो अवस्थामा राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जामन्त्री बन्नेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रिपरिषद् विस्तारमा सकस परेसँगै सत्तारूढ दलसँग छलफलमा जुटेका छन् । यद्यपि, हिजो बिहीबार बस्ने भनिएको सत्तारूढ गठबन्धन बैठकसमेत हुन सकेन ।

सत्तारूढ दलबाट मन्त्री संख्या बढी र तोकेरै मन्त्रालय माग हुन थालेपछि प्रधानमन्त्री प्रचण्डलाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको खबर आजको राजधानी दैनिकले लेखेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री निरन्तर छलफलमा छन् । गत १० पुसमा प्रधानमन्त्री नियुक्त प्रचण्ड विश्वासको मत पाएपछि मन्त्रिपरिषद् विस्तार तयारीमा थिए । तर, २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत पाए पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

विश्वासको मत पाएपछि बुधबार एमाले अध्यक्ष ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग उनले छलफल गरे ।

मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुख नियुक्तिलगायत विषयमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति २०७९ पुस २९ गते शुक्रबार ०८:३३
प्रतिक्रियाहरु