ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले भने कुलमान जी सग मिलेर देश झिलिमिली बनाउछौ

ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले  भने कुलमान जी सग मिलेर देश झिलिमिली बनाउछौ

छाँयापाटी

@छाँयापाटी

२०७९ माघ ३ गते मङ्गलबार ११:५१

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले उपप्रधान तथा ऊर्जामन्त्रीको जिम्मेवारी पाएका छन् । सत्तारुढ दलहरुबीच मन्त्री बाँडफाँड टुंगिएपछि राप्रपा अध्यक्ष लिङ्देनले ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालयकाे जिम्मेवारी...

काठमाडौँ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले उपप्रधान तथा ऊर्जामन्त्रीको जिम्मेवारी पाएका छन् । सत्तारुढ दलहरुबीच मन्त्री बाँडफाँड टुंगिएपछि राप्रपा अध्यक्ष लिङ्देनले ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालयकाे जिम्मेवारी सम्हाल्ने भएका हुन् ।

आफू सरकारमा जान लागेको जानकारी दिँदै उनले ‘अग्नि परीक्षामा होमिने निर्णय गरेको’ बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उक्त जानकारी दिँदै उनले भनेका छन्,

आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ । जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो । प्रिय जनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु । धैर्यता र सहयोगका लागि अपिल गर्दछु ।’

सहमतिअनुसार राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ । जसमा ध्रुवबहादुर प्रधानले कानुमन्त्रीको जिम्मेवारी तथा विक्रम पाण्डेले सहरी विकासमन्त्रीको जिम्मेवारी पाउने भएका हुन् । राज्यमन्त्रीको नाम भने टुंगो लागिसकेको छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । जसमध्ये तोसिमा कार्कीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी दिइने भएको छ ।

आज (मंगलबार) बिहान बसेको रास्वपा संसदीय दलको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । पार्टी सभापति रवि लामिछानेको अध्यतामा बसेको बैठकले तोसिमालाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरेको हो ।

यस्तै, डोलप्रसाद अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिने र शिशिर खनाललाई शिक्षामन्त्री, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी दिने निर्णय समेत गरिएको छ ।

सत्ता साझेदार दलहरुबीच भएको सहमतिमा रास्वपाले एक राज्यमन्त्रीसहित तीन मन्त्री पाउने भएको हो । जसमध्ये पार्टी सभापति लामिछाने उपप्रधान सहित गृहमन्त्री भइसकेका छन् ।

प्रकाशित मिति २०७९ माघ ३ गते मङ्गलबार ११:५१
प्रतिक्रियाहरु