१८ दिने शिशु मृत घोषणा गर्ने चिकित्सकको ठाउको फुटाउने ३ जना पहरी थुनामा

१८ दिने शिशु मृत घोषणा  गर्ने चिकित्सकको ठाउको फुटाउने ३ जना पहरी थुनामा

छाँयापाटी

@छाँयापाटी

२०७९ माघ ४ गते बुधबार ०९:१४

विराटनगर । मोरङको जहदा–३ भातिगन्जकी उमा मुखियाले कोशी अस्पतलामा पुस १७ गते छोरीलाई जन्म दिइन् । नर्मल डेलिभरी भएर छोरीलाई जन्म दिएकी नवजात शिशुको तौल १ किलो चार सय ग्राम थियो । हस्पिटलमा केही दिन बसेपछि उनलाई डिस्चार्ज दिइयो । ...

विराटनगर । मोरङको जहदा–३ भातिगन्जकी उमा मुखियाले कोशी अस्पतलामा पुस १७ गते छोरीलाई जन्म दिइन् । नर्मल डेलिभरी भएर छोरीलाई जन्म दिएकी नवजात शिशुको तौल १ किलो चार सय ग्राम थियो ।

हस्पिटलमा केही दिन बसेपछि उनलाई डिस्चार्ज दिइयो ।  विराटनगर ८ मधुमारा माइती घर रहेको मुखियाले छोरीलाई जन्म दिएपछि माइतीमा बस्दै आएकी थिइन् । उनका श्रीमान दिलिप मुखिया हुन् । उनी एम्बुलेन्स चालक हुन् । मुखिया कोशी  हस्पिटल बाहिर बस्ने गर्दछन् ।

छोरीलाई आज अचानक स्वासप्रश्वासमा समस्या देखियो । त्यसपछि मुखिया दम्पतीले बिहान ८ः०० बजे कोशी अस्पतालको आकस्मिक कक्षमा लिएर पुगे ।

ड्युटीमा रहेका मेडिकल अफिसर डा. आकाश यादवसहित अहेवहरू लक्ष्मण माझी र टिका भण्डारीले बच्चाको उपचारमा लागे । उनीहरूको ड्युटी समय बिहान ८ देखि दिउँसो २ बजेसम्म थियो । अकस्मिक कक्षमा नवजात शिशुलाई राखेपछि चिकित्सक यादवले छोरीको स्वास्थ्य जाँच गरेका थिए । चेकजाँच पछि डा. आकाश यादवले भने, ‘छोरीको सास छैन । घर लैजानु ।’

डाक्टरले यति भनेको खबर सुनेपछि शिशुकी आमा उमा र आफन्तहरूको आकस्मिक कक्ष बाहिर रुवाबासी गर्न थाले । ‘मैले श्रीमतीलाई समात्न थाले ।

त्यही बीचचमा जेठानी दिदीले छोरीलाई बोक्नुभएको रहेछ । आकस्मिक कक्षको शैय्याबाट छोरीलाई बाहिर लिएर आउनुभयो । छोरीले हातखुट्टा हल्लाइन् । त्यसपछि थाहा भयो । जिउँदो मेरो छोरीलाई डाक्टरले मृत भनिदिएको रहेछ,’ दिलिपले भने, ‘विरामीको उपचारमा लापरवाही गर्ने यस्तो चिकित्सकलाई कडा कारवाही हुनुपर्दछ ।

अहिले दिलिपले छोरीको उपचारको लागि कोशी अस्पतालदेखि एक सय मिटर दक्षिणमा रहेको गोल्डेन अस्पतालमा राखेर उपचार गर्दैछन् । छोरीलाई अहिले एनआइसियूमा राखेर उपचार सुरू गरिएको छ ।

अहिले गोल्डेनमा हस्पिटलमा राखेर छोरीको उपचार सुरू गरेको छु,’ उनले भने, ‘उपचारमा संलग्न चिकित्सकले पनि छोरीको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार भइरहेको बताउनुभएको छ ।’

मृत घोषणा गर्ने चिकित्सकमाथि कुटपिट

जिउँदो नवजात शिशुलाई मृत घोषणा गरेको आरोप लगाउँदै डा. आकाश यादव माथि आक्रमण भएको छ । कुटपिटबाट डाक्टर यादवको टाउकोमा चोटपटक लागेको छ । चिकित्सकमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले मनोज मुखिया, मन्नु मुखिया र अर्को एक जना नाम नखुलेको व्यक्तिलाई नियन्त्रणमा लिएको दिलिप मुखियाले बताए । कोशी अस्पतालबाट नियन्त्रणमा लिएर प्रहरीले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको बताइएको छ ।

कोशी अस्पतालका मेसु डा. लक्ष्मीनारयण यादवले घटना विषयमा बुझने काम भइरहेको बताए । ‘नवजात शिशुलाई हस्पिटल ल्याउँदा मुटुको धड्न थिएन । सास पनि चलेको थिएन उपचारमा संलग्न चिकित्सकले भनेका छन् । त्यस विषयमा बुझ्ने काम भइरहेको छ,’ उनले भने, ‘यदि उपचारमा लापरबाही भएको पाइएपछि हस्पिटलले एक्सन लिनेछ ।

 

प्रकाशित मिति २०७९ माघ ४ गते बुधबार ०९:१४
प्रतिक्रियाहरु