नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरको विमान झापामा अवतरण

नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरको विमान झापामा अवतरण

छाँयापाटी

@छाँयापाटी

२०७९ माघ ६ गते शुक्रबार १०:१५

६ माघ, काठमाडौं । बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ । आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९:६ मा चन्द्रगढ विमानस्थलमा अवतरण गरेको हो । बिहान काठमाडौंमा...

६ माघ, काठमाडौं । बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ ।

आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९:६ मा चन्द्रगढ विमानस्थलमा अवतरण गरेको हो ।

बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ ।

उक्त विमान काठमाडौं आइपुग्दा विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै थियो । अहिले १६०० पुगेको छ ।

मलेसियाको क्वालालाम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न नसकी फर्किएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान भारतको कोलकाता पुगेको छ ।

नेपाल एयरलाइन्सको आरए-४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर अहिले कोलकातामा अवतरण गरेको छ ।

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान कोलकाता पुगेर अवतरण गरेको हो ।

आज बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी कम छ ।

प्रकाशित मिति २०७९ माघ ६ गते शुक्रबार १०:१५
प्रतिक्रियाहरु