माधवसँग लामो समय सँगै जान नसकिने भन्दै पूर्व माओवादी एक हुने निश्कर्षमा किन पुगे प्रचण्ड ?

माधवसँग लामो समय सँगै जान नसकिने भन्दै पूर्व माओवादी एक हुने  निश्कर्षमा किन पुगे प्रचण्ड ?

छाँयापाटी

@छाँयापाटी

२०७७ फाल्गुण ९ गते आईतबार ०६:२४

काठमाडौं, फागुन ९ । प्रतिनिधिसभा बिघटनसँगै पार्टी बिभाजन गरी नेकपा (प्रचण्ड–माधव) समुह गठन गर्नुभएका पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपालले दुई महिना नबित्दै पुनः पार्टी बिभाजन हुने निश्कर्ष निकाल्नु भएको तथ्य बाहिर आएको...

काठमाडौं, फागुन ९ । प्रतिनिधिसभा बिघटनसँगै पार्टी बिभाजन गरी नेकपा (प्रचण्ड–माधव) समुह गठन गर्नुभएका पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपालले दुई महिना नबित्दै पुनः पार्टी बिभाजन हुने निश्कर्ष निकाल्नु भएको तथ्य बाहिर आएको छ । आफ्नो समुहको केन्द्रीय कमिटीदेखि प्रदेश, जिल्ला र जनसंगठनको एकता गर्दा नै निकट भबिश्यमा पार्टी बिभाजन हुने देखेर त्यहीअनुसारको भागबण्डा गरी नयाँ पार्टी गठन भएको दुई महिना नपुग्दै बिभाजनको तयारी अघि बढाउनु भएको हो’ ।

‘प्रचण्ड र माधव कमरेडले एकता मापदण्डमै लामो समय संगै जान सकिन्न, फेरि बिभाजन हुन्छ भन्ने निश्कर्ष निकाल्नु भएको देखियो, त्यही आधारमा योग्यता र क्षमताको आधारमा नभई आफू निकटलाई कमिटीमा भरेर भविश्यमा पार्टी बिभाजन गर्न संख्या पुगोस भनेर भागबण्डा गर्ने काम भयो,’ दाहाल नेपाल समुहको एकता मापदण्डप्रति असन्तुष्टि जनाउँदै एक केन्द्रीय सदस्यले भने ‘। एक साताभित्र एकताको सवै मापदण्ड टुंगो लगाउने भन्दै माधव नेपालको नेतृत्वमा बनेको कार्यदलले पाएको समय भन्दा धेरै पछि मापदण्ड सिफारिश गरी सो समुहले केही दिनअघि मात्रै टुंगो लगाएको छ ‘। जसमा भविश्यमा पार्टी बिभाजन गर्न सकियोस भनेर ५०/५० प्रतिशत हिस्सा भागबण्डा गरिएको छ ।

प्रचण्ड–माधव समुहको सो भागबण्डाअनुसार जिम्मा दिँदा पूर्वएमाले समुहबाट सो समुहतिर लागेका सवै साधरण सदस्यले समेत जिम्मेवारी पाउने छन ‘। पूर्वएमालेका अधिकांश कार्यकर्ता अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मुल नेकपामै रहेको कारण तान्न सकिन्छ कि भनेर यस्तो चलाखीपुर्ण निर्णय गरिएको भने पनि बिभाजनका लागि नै आधार तय गरिएको नेताहरुकै आशंका छ’ । महाधिवेशनबाट कहिल्यै अध्यक्ष जित्न नसकिने र पार्टीको एकल बहुमत आइरहँदा कहिल्यै प्रधानमन्त्री पनि बन्न नसकिने निश्कर्षका साथ बरिष्ठ नेता नेपाल पूर्वएमालेबाट नेतृत्व गर्दै बिभाजनकारी समुहमा लाग्नुभएको छ’ ।

पूर्वपदाधिकारीदेखि केन्द्रीय कमिटीका मनोनीत नेताहरुले नेपाललाई साथ दिए पनि कार्यकर्ता तहमा पुग्दा पूर्वएमालेको १० प्रतिशत पनि छैन ।’ यही तथ्य बुझेर नै पूर्वकानून मन्त्री शेरबहादुर तामाङ र उसाकला राई मुल नेकपामै फर्कनु भएको छ ‘। गत निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव जित्ने अधिकांश एमाले नेताहरु पनि मुल नेकपामै रहेका छन । समानुपातिकबाट सांसद बनेकाहरु भने नेपाललाई साथ दिएका छन । पूर्वएमालेका लगभग सवै हिस्सा ओलीतिरै लागेपछि केहीलाई पदको लोभ देखाएर तान्ने र केही समयभित्रै पार्टी अलग गरी अध्यक्ष बन्ने गरी प्रचण्डसँग बार्गेनिङ गरेर बिभाजनका लागि सहज हुने गरी नेपालले एकता मापदण्ड बनाउनु भएको बताइएको छ ।

नेपालको यो योजना जानकारी पाएरै माओवादी नेतृ जयपुरी घर्ति मगरले तीन साताअघि आफन्तहरुको भेटमा माधवसँग धेरै समय सँगै जान नसकिने निश्कर्षमा अध्यक्ष प्रचण्डसहितका आफूहरु पुगेको बताउनु भएको थियो । ‘माधवसँग लामो समय सँगै जान सकिदैन भन्ने निश्कर्षमा हामी (पूर्वमाओवादी) पुगिसकेका छौं, अध्यक्ष प्रचण्ड कमरेड त जहिल्यै किचकिच मात्रै गर्ने कस्तो मान्छेको फेला परियो भन्न थाल्नुभएको छ,’ पारिवारिक जमघटमा नेतृ घर्तीको भनाई उधृत गर्दै सहभागी एक सदस्यले जनताटाइम्ससँग भने ‘। ती सदस्यले यस्तो तथ्य खुलासा गरेको केहीसमयमै एकता मापदण्ड आउँदा बिभाजनलाई नै आधार बनाइएको हो ।

प्रचण्ड–माधव समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ ‘। प्रचण्ड र माधवले हस्ताक्षर गर्नुभएको ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’ मै बिभाजन गर्न सहज बनाइएको हो ।

सो मापदण्डअनुसार सवै कमिटीहरुमा अब प्रचण्ड र माधव समुहको ५०/५० प्रतिशत हुने छ । मापदण्डअनुसार प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम् पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो, त्यही पक्षबाट पूर्ति गरिनेछ । त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने’ मापदण्डमा भनिएको छ’ । यस्तै पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका विभिन्न तहमा पपदाधिकारी तथा सदस्यहरुमा कमिटीको कुन सदस्य संख्यामा पनि ५०/५० प्रतिशत हुनेगरी बिशेष व्यवस्था गर्न सहमति भएको छ ।

एमाले र माओवादीबीच एकता हुँदा ६०/४० को अनुपातमा एकता भएको थियो । प्रचण्डले यो सहमति गरेपछि पूर्वमाओवादी समुहभित्र ठुलो आक्रोश पैदा भएको छ भने नेपाल प्रचण्डसँग कुरा नमिले सहज रुपमा ५० प्रतिशत लिएर अर्काे पार्टी खोल्न सकिन्छ भनेर खुसी हुनुभएको छ । पछिल्लो समय नारायणकाजी श्रेष्ठ समेत प्रचण्ड भन्दा माधवतिर बढता आकर्षित हुनुभएको देखिन्छ ‘।

प्रकाशित मिति २०७७ फाल्गुण ९ गते आईतबार ०६:२४
प्रतिक्रियाहरु