धुलो धेरै छ, पुरानो छ, थोरै पर्खिनुस् सबै सफा गर्दिन्छु – गृहमन्त्री लामिछाने

धुलो धेरै छ, पुरानो छ, थोरै पर्खिनुस् सबै सफा गर्दिन्छु –  गृहमन्त्री लामिछाने

छाँयापाटी

@छाँयापाटी

२०७९ माघ ७ गते शनिवार १०:००

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पुराना अपराधी पक्राउ गर्न मात्रै नभई नयाँहरु फरार हुन नपाउन् भन्ने चेत पनि आफूमा रहेको दावी गरेका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले नयाँ अपराधिहरु पनि फरार हुन...

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पुराना अपराधी पक्राउ गर्न मात्रै नभई नयाँहरु फरार हुन नपाउन् भन्ने चेत पनि आफूमा रहेको दावी गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले नयाँ अपराधिहरु पनि फरार हुन नदिने जिकिर गरेका हुन् ।

‘पुराना फरारहरु समातिन्छ्न मात्र होइन । धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ,’ उनले भने, ‘हिजो बोलेका शब्द शब्दको हेक्का छ ।’

उनले भोट माग्दा गरेका वाचाहरुको हेक्का रहेको पनि बताए ।

उनले मिडियोको हेडलाइन फेर्न नसकेपनि जनताको जीवनशैली परिवर्तन गर्न मेहनत गरिरहेको पनि दावी गरेका छन् ।

‘मिडियाको हेडलाईन म बदल्न सक्दिन । तर जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु,’ उनले भनेका छन्, ‘धुलो धेरै छ, पुरानो छ । थोरै पर्खिनु चाहिँ पर्छ ।’

पछिल्लो समय हत्या आरोपी सांसद संसदमै खुलमखुला हिँडिरेको भन्दै गृहमनत्री लामिछाने आलोचित छन् ।

हत्या आरोप लागेका एमाले सांसद लक्ष्मी कोइरीले गृहमन्त्रीकै आखा अगाडी संसदमा उपस्थित भएका थिए । त्यस्तै कोइरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत पनि दिएका थिए ।

प्रकाशित मिति २०७९ माघ ७ गते शनिवार १०:००
प्रतिक्रियाहरु