फिफाबाट प्राप्त विश्वकप टिकटमा एन्फाले दुरुपयोग गरेको खुलासा

फिफाबाट प्राप्त विश्वकप टिकटमा एन्फाले दुरुपयोग गरेको खुलासा

छाँयापाटी

@छाँयापाटी

२०७९ माघ ७ गते शनिवार ११:५२

काठमाण्डौं । नेपाली फुटबलको नियामक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतारमा सम्पन्न भएको फिफा विश्वकप २०२२ का लागि प्राप्त गरेको टिकट दुरुपयोग गरेको पाइएको छ । फिफाले कतार विश्वकप २०२२ का लागि विश्वकप खेल्न नपाएको सदस्य संस्थाहरुलाई...

काठमाण्डौं । नेपाली फुटबलको नियामक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतारमा सम्पन्न भएको फिफा विश्वकप २०२२ का लागि प्राप्त गरेको टिकट दुरुपयोग गरेको पाइएको छ ।

फिफाले कतार विश्वकप २०२२ का लागि विश्वकप खेल्न नपाएको सदस्य संस्थाहरुलाई वितरण गरेको टिकटमध्ये एन्फालाई कुल २९० वटा टिकट उपलब्ध गराएको थियो । प्राप्त टिकटमध्ये एन्फाका उच्च पदाधिकारीहरुले ७५ वटा टिकट एशियन फुटबल महासंघ (एएफसी) का उच्च पदाधिकारीहरुलाई वितरण गरेको पाइएको छ । जबकी फिफाले उक्त टिकट सम्बन्धित राष्ट्रको फुटबल संस्थामार्फत समर्थकहरुलाई सहजै विश्वकपसम्मको पहुँच पुर्याउन उपलब्ध गराएको हुन्छ ।

तर, एन्फाका उच्च पदाधकारीहरुले अनाधिकृत लाभ पाउनको निम्ति ७५ वटा विश्वकपको टिकट एएफसीको पदाधिकारीहरुलाई सित्तैमा वितरण गरेको बारेमा ‘द काठमाण्डू पोष्ट’ले रिपोर्ट बाहिर ल्याएको छ ।

पोष्टका अनुसार टिकटको दुरुपयोगको बारेमा एन्फा महासचिव किरण राई र प्रवक्ता सुरेश शाहसँग जानकारी माग्दा उनीहरुले एन्फाले टिकट खरिदकर्ताको सूची तयारी गरिरहेको जवाफ फर्काएका छन् । जबकी कतारमा आयोजना भएको विश्वकप सम्पन्न भएको एकमहिना लामो समय बितिसकेको छ । टिकट विक्रि विश्वकप अघि नै भएको थियो र सोही समयमा एन्फाले टिकट क–कसलाई बाँडियो भन्ने बारेमा सूची तयार गरिसकिएको एन्फाले मेरोखेल डटकमलाई जानकारी गराएको थियो।

पोष्टमा आएको समाचार अनुसार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ्ग,सल्लाहकार जर्मन नागरिक नविन पाण्डे र महासचिव राइको मिलेमतोमा ७५ वटा टिकट एएफसीको पदाधिकारको हातमा परेको छ । यसबारेमा सोधपुछ गर्दा एन्फा नजवाफ रहेको पोष्टले प्रकशन गरेको समाचारमा उल्लेख गरिएको छ ।

एन्फाले एफसीका सहायक महासचिव वाहिद कर्दानी र संचार प्रमुख रविकुमार लगायतका पदाधिकारीहरुलाई आफ्नो पक्षमा पार्न सित्रैमा विश्वकपको टिकट वितरण गरेको छ ।

एन्फाले अर्जेन्टिना र फ्रान्सबिचको फाईनल खेलका लागि फिफाबाट १० वटा टिक प्राप्त गरेको थियो जसमध्ये ५ वटा टिकट एएफसीमा बाँडेको पोष्टले उल्लेख गरेको छ ।

टिकट दुरुपयोग किन भयो भन्ने प्रश्नको एन्फाका केही पदाधिकारीहरुले एएफसीले विगतामा गरेको सहयोग बापत टिकट वितरण गरेको स्विकार गरेका छन् ।

 

प्रकाशित मिति २०७९ माघ ७ गते शनिवार ११:५२
प्रतिक्रियाहरु