सुदूरपश्चिममा भूकम्पको धक्का, बाजुरा केन्द्रविन्दू

सुदूरपश्चिममा भूकम्पको धक्का, बाजुरा केन्द्रविन्दू

छाँयापाटी

@छाँयापाटी

२०७९ माघ १० गते मङ्गलबार ०३:३२

काठमाडौँ सुदूरपश्चिम प्रदेशका सबैजसो जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बझाङ, बाजुरा, बैतडी, दार्चुला लगायत कैलाली, कञ्चनपुरसम्मै आज करिब २ बजेर ४३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको केन्द्रविन्दू बाजुरा...

काठमाडौँ सुदूरपश्चिम प्रदेशका सबैजसो जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बझाङ, बाजुरा, बैतडी, दार्चुला लगायत कैलाली, कञ्चनपुरसम्मै आज करिब २ बजेर ४३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्पको केन्द्रविन्दू बाजुरा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५ दशमलब ९ म्याग्नेच्युडको भूकम्प गएको केन्द्रको प्रारम्भिक जानकारी छ । त्यसको कम्पन सुदूरपश्चिमसहित कर्णालीका केही जिल्लामा समेत महसुस गरिएको हो । थप विवरण आउन बाँकी छ ।

यो भूकम्पको धक्का भारतको उत्तराखण्डका विभिन्न जिल्ला हुँदै नयाँदिल्लीसम्म महसुस गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति २०७९ माघ १० गते मङ्गलबार ०३:३२
प्रतिक्रियाहरु