गृहमन्त्रीको आश्वासन : प्रेमप्रसादले उठाएका विषयमा छानबिन गर्छौं

गृहमन्त्रीको आश्वासन : प्रेमप्रसादले उठाएका विषयमा छानबिन गर्छौं

छाँयापाटी

@छाँयापाटी

२०७९ माघ ११ गते बुधबार ०४:०१

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेको इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेका छन् । कीर्तिपुरस्थित अस्पतालमा पुगेका उनले मृतकको परिवारका सदस्यहरुलाई भेटेका हुन् । भेटका क्रममा उनले भनेका छन्,...

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेको इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेका छन् । कीर्तिपुरस्थित अस्पतालमा पुगेका उनले मृतकको परिवारका सदस्यहरुलाई भेटेका हुन् ।

भेटका क्रममा उनले भनेका छन्, ‘वाक्क भएर नै राजनीतिमा आएका हौं । हामी पनि त्यस्तै भयौं भने नागरिकतामा निराशा हुन्छ भन्ने हेक्का छ ।’ तर प्रेमप्रसादमा आश जगाउन नसकेको भन्दै परिवारसँग क्षमा समेत मागेका छन् ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेले प्रेमप्रसादले उठाएका विषयहरुमा छानबिन गर्नुपर्ने विषयमा छानबिन गर्ने र सचेत हुनुपर्ने विषयमा सचेत हुने बताएका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू पनि दोषी रहेको भन्दै प्रेमप्रसाद आचार्यको आत्महत्याले निकै दुःखी बनाएको बताउनुभ एको छ ।

गृहमन्त्री लामिछानेले आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै आफूहरु जस्ता नयाँको आगमनले समेत आत्मदाहको निर्णय रोक्न नसकेको भन्दै माफी माग्नुभएको छ ।

‘हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु।प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला,’ गृहमन्त्री लामिछानेले भन्नुभएको छ ।

 

प्रकाशित मिति २०७९ माघ ११ गते बुधबार ०४:०१
प्रतिक्रियाहरु