बंगलादेशलाई कडा चुनौती दिदै अस्तिको हारको बादलला सगै जित निकाल्छौ – प्रिती राइ

बंगलादेशलाई कडा चुनौती दिदै अस्तिको हारको बादलला सगै जित निकाल्छौ – प्रिती राइ

छाँयापाटी

@छाँयापाटी

२०७९ माघ २६ गते बिहिबार १०:१२

काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले भोलि बिहीबार आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले उपाधिका लागि घरेलु टोलीको...

काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले भोलि बिहीबार आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले उपाधिका लागि घरेलु टोलीको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ ५:४५ बजे सुरु हुनेछ ।

बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल उपाधि उचाल्ने योजनामा हुनेछ । तर, घरेलु टोलीविरुद्ध जित निकाल्न नेपाललाई सहज हुनेछैन ।

नेपालका मुख्य प्रशिक्षक यम गुरुङले फाइनलमा घरेलु टोलीलाई फाईदा हुने भएपनि कडा प्रतिस्पर्धा गर्ने बताए ।आयोजक टिमलाई फाईदा छ । तर, हामी विश्वस्त छौँ की राम्रो फाइट गर्छौं,’ प्रि-म्याच कन्फरेन्समा गुरुङले भने ।

बंगलादेशका मुख्य प्रशिक्षक गोलाम रब्बानीले फाइनल प्रतिस्पर्धात्मक हुने बताए ।भोलिको फाइनल प्रतिस्पर्धात्मक हुनेछ । खेलका लागि उत्साहित छौँ,’ उनले भने ।

राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको हो ।नेपाल दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।

लिग चरणमा समेत नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा नेपाललाई बंगलादेशले ३-१ ले हराएको थियो ।फाइनलमा नेपाल पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । बंगलादेश भने जितलाई निरन्तरता दिन चाहन्छ ।

प्रकाशित मिति २०७९ माघ २६ गते बिहिबार १०:१२
प्रतिक्रियाहरु