काठमाडौं
कलाकार आशा खड्काका सिरियल युट्युबमा सबैभन्दा बढी हेरिने सिरियलमा पर्छन् । कुनै समय कान्तिपुर टिभीबाट प्रसारमा आएका उनका कान्छी होस वा भुन्टी दर्शकको औधी मायाले हौसिएर उनले सुकुमाया नामक आफ्नै च्यानबाट जब सिरियल अपलोड गरिन् त्यसपछि दर्शकको माया उनी माथि झनै खनिन थाल्यो र उनले अपलोड गरेका कान्छी होस वा भुन्टी सबै सिरियलले लाखौँ भ्यूज पाउन थाले ।
आफ्नो काममा धेरै नै लगाव र मेहेनत गरेर काम देखाउन सक्ने यी कलाकारले कामकै शिलशिलामा आफ्नै सिरियलमा अभिनय गर्ने सागर गौतमसँग प्रेममा परेको पत्तै पाइनन् । ‘सुकुमाया’ का नामले परिचित चर्चित कलाकार आशाले उनै छायाँकार तथा कलाकार सागर गौतमसँग बैवाहिक जीबनमा बाधिइन् ।
आशा सामाजिक संजालमार्फत आफु बैवाहक जीबनमा बाधिएको जानकारी गराएकी हुन् । आफ्ना श्रीमानसँगको फोटो सार्वजनिक गर्दै वैवाहिक जीवनमा बाँधिएको आधिकारिक जानकारी दिएकी हुन् ।
अफ्नो फेसबुकमा जीवनको नयाँ अध्याय सुरु गर्न पाउँदा अत्यन्तै खुशी लागेको उनले ृल्लेख गरेकी छन् । उनले लेखेकी छन, ‘आजको दिनसम्म मलाई एउटा कलाकारको रुपमा मात्रै नभएर आफ्नै परिवारको सदस्यलाई झैं माया गर्नुहुने मेरा आदरणीय दर्शक महानुभावहरुलाई हजुरहरुले नै चाहनुभएको मान्छेसँग मैले जीवनको नयाँ अध्याय सुरु गरेको कुरा बताउन पाउँदा म अत्यन्तै खुशी छु । मलाई र मेरो श्रीमानलाई धेरै आशीर्वाद दिनुहोला ।
आशा र सागरले सँगै केही समय देखी सँगै सिरियलमा काम गर्दै आएका छन् । आशाकै निर्देशन र निर्माणमा बनेका ‘भुन्टी’ र ‘कान्छी’ सिरियल दर्शकमाझ निकै लोकप्रिय छ ।
प्रकाशित मिति २०७९ फाल्गुण ४ गते बिहिबार १०:११