अरु घटनाक्रम थाहा छैन, राष्ट्रपतिमा एमालेको उम्मेदवार हुन्छ र माओबादी ले भोट गर्छ : ओली

अरु घटनाक्रम थाहा छैन, राष्ट्रपतिमा एमालेको उम्मेदवार हुन्छ र माओबादी ले भोट गर्छ : ओली

छाँयापाटी

@छाँयापाटी

२०७९ फाल्गुण १२ गते शुक्रबार ०३:४९

१२ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवारी दिने बताएका छन् । संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने, ‘भोलि मनोनयन हुन्छ ।एमालेले आफ्नै उम्मेदवार...

१२ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवारी दिने बताएका छन् ।

संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने, ‘भोलि मनोनयन हुन्छ ।एमालेले आफ्नै उम्मेदवार उठाउँछ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘एमालेको हुन्छ भनेर पुस १० गते नै टुंगो लगाएका छौं ।

तर गठबन्धनमा त खटपट देखिएको छ नि भन्ने प्रश्नमा उनले अरु घटनाक्रम थाहा नभएको बताए ।

२०७२ सालको संविधान अनुसार २९ फागुन २०७४ मा दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी विद्यादेवी भण्डारीले ७ वर्ष राष्ट्रपतिका रूपमा व्यतीत गरिन् । राष्ट्रप्रमुखमा महिला निर्वाचित गरेको भनेर नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रशंसा पनि पायो ।

भण्डारी राष्ट्रपति भएपछि सरकारले महिलाकेन्द्रित केही कार्यक्रम पनि ल्यायो । लैंगिक समावेशिता, वातावरण संरक्षण, नेपाली भाषाको सम्वद्र्धन, सांस्कृतिक निरन्तरता जस्ता विषयमा राष्ट्रपति भण्डारीको विशेष योगदान रहेको जानकारहरू बताउँछन् ।

महिलाको आर्थिक, सामाजिक सशक्तीकरण र विकासमा प्रभावकारी सहभागिता सुनिश्चित गर्न भण्डारीकै पहलमा ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ संचालनमा आएको छ । यो कार्यक्रम शिक्षा, स्वास्थ्य र सामाजिक सेवामा पहुँच बढाउन, चेलीबेटी बेचबिखन र सामाजिक कुरीति तथा लैंगिक हिंसाको अन्त्य गर्नमा केन्द्रित छ । हेलिकप्टरबाट सुत्केरीको उद्धार जस्ता कार्यक्रम भण्डारीका ७ वर्षे कार्यकालका उल्लेखनीय पक्ष हुन् ।

तर ७ वर्ष मुलुकको सर्वोच्च पद राष्ट्रपतिमा रहँदा भण्डारीले आमआलोचना पनि खेप्नुपरेको छ । राष्ट्रपति भण्डारीले खेप्नुपरेको सबैभन्दा गम्भीर आरोप हो– दलीय आस्था र मातृ पार्टीको नेतृत्वको आग्रहबाट माथि उठ्न नसक्नु । यस सन्दर्भमा देखिएको पहिलो व्यवहार थियो– राष्ट्रिय सभा सदस्य मनोनीत ।

प्रकाशित मिति २०७९ फाल्गुण १२ गते शुक्रबार ०३:४९
प्रतिक्रियाहरु