कालिमाटीमा आउने तरकारीमा परीक्षण गर्दा ९९ प्रतिशतसम्म विषादी

कालिमाटीमा आउने तरकारीमा परीक्षण गर्दा ९९ प्रतिशतसम्म विषादी

छाँयापाटी

@छाँयापाटी

२०७९ फाल्गुण १९ गते शुक्रबार ०९:५०

काठमाडौं । आम उपभोक्ताको जीवनमाथि गम्भीर खेलबाड हुने गरी तरकारीमा विषादी प्रयोग भएको फेला पारेको छ । केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईले कालिमाटीमा आउने तरकारीमा परीक्षण गर्दा...

काठमाडौं ।

आम उपभोक्ताको जीवनमाथि गम्भीर खेलबाड हुने गरी तरकारीमा विषादी प्रयोग भएको फेला पारेको छ । केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला

इकाईले कालिमाटीमा आउने तरकारीमा परीक्षण गर्दा केहीमा ९९ प्रतिशतसम्म विषादीको अवशेष फेला परेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिभित्र यो प्रयोगशाला छ ।

विभिन्न जिल्लाबाट काठमाडौं भित्रिने हरियो सागदेखि गोलेभेंडा, काउलीलगायत अधिकांश तरकारी परीक्षण गर्दा विषादीका अवशेष पाइएको हो ।सरकारको मापदण्डअनुसार ३५ प्रतिशतसम्म विषादीको अवशेष देखियो भने त्यसलाई उपभोग गर्न मिल्छ ।

यसैगरी, ३५ देखि ४५ प्रतिशत विषादीको अवशेष देखिए केही दिन राखेर उपभोग गर्न सकिन्छ । तर, ४५ प्रतिशतभन्दा बढी विषादीको अवशेष देखियो भने खान नहुने अर्थात फाल्नु पर्ने मापदण्ड कायम छ ।यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति २०७९ फाल्गुण १९ गते शुक्रबार ०९:५०
प्रतिक्रियाहरु