पल शाहलाइ धेरै सहगोय गरे तर उसले वास्तै नगरे पछि शर्मिलाले ‘विष सेवन’ गरेको खुलासा हेर्नुहोस भिडियो

पल शाहलाइ धेरै सहगोय गरे तर उसले वास्तै नगरे पछि शर्मिलाले ‘विष सेवन’ गरेको खुलासा हेर्नुहोस भिडियो

छाँयापाटी

@छाँयापाटी

२०७९ फाल्गुण १९ गते शुक्रबार ११:०१

पत्रकार ऋषी धमलासँग नाम जोडिएपछि चर्चामा आएकी शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन्। उनको अहिले वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। बुधबार राति उनले काठमाडौँको बानियाँटारस्थित आफ्नै निवासमा विष पिएको प्रहरीले...

पत्रकार ऋषी धमलासँग नाम जोडिएपछि चर्चामा आएकी शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन्। उनको अहिले वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।

बुधबार राति उनले काठमाडौँको बानियाँटारस्थित आफ्नै निवासमा विष पिएको प्रहरीले जनाएको छ। अहिले उनको उपचार वीर अस्पतालमा भइरहेको छ। अवस्था चिन्ताजनक नरहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ।

उनी बोल्न सक्ने अवस्थामै रहेपनि विष पिउनुको कारणबारे बताउन मानेकी छैनन्। वाइबा केही समयअघि मात्रै पत्रकार ऋषि धमलासँग नाम जोडेर विवादमा आएकी थिइन्। धमलासँग नाम जोडेर युट्युबमा अन्तर्वार्ता दिएपछि उनी विवादमा परेकी थिइन्।

यस्तै अभिनेता पल शाह काठमाडौं आउँदा स्वागत गर्न उनी विमानस्थल पुगेकी थिइन्। त्यतिबेला पनि यही विषयमा गायक राजेश पायल राईसँग उनले लफडा गरेकी थिइन्।

पछिल्लो समय निकै सामाजिक सञ्जालमा भाइरल बनेकी शर्मिला वाइबाले बिहीबार विष सेवन गरेर वीर अस्पताल भर्ना भएको खबर बाहिरिएपछि सामाजिक सञ्जाल झनै तातिरहेको छ।

तर, सामाजिक सञ्जालमा शर्मिलाले विष नै सेवन गरेर आत्महत्याको प्रयास गरेको भनिए पनि अस्पतालले भने अहिलेसम्म त्यो पुष्टि गरेको छैन। अस्पताल स्रोतका अनुसार शर्मिला विषय सेवन गरिएको भन्ने घटना शंकास्पद देखिएको छ। किनकि वीर अस्पतालमा गरिएको शारीरिक परीक्षणमा विष सेवनको पुष्टि भएको छैन।

बाहिर बुधबार राति करिब १ बजेतिर विष सेवन गरेकी शर्मिलालाई उपचारका लागि वीर पुर्याइएको भनिएको छ। क्रिटिकल अवस्थामा रहेकी उनलाई अस्पताल पुर्याएर तत्काल आइसीयूमा भर्ना गरिएको भनिएको पनि छ। तर, अस्पताल स्रोतले बताएअनुसार शर्मिलालाई अस्पताल पुर्याउँदा उनी होसमै थिइन्, अब्जरभेसनका लागि मात्र आइसीयूमा भर्ना गरिएको हो।

अस्पताल भर्ना गरिएको केही समयपछि शर्मिलाको रगतमा विषको मात्र कति प्रतिशत छ भन्ने परीक्षण गर्न रगत टिचिङ अस्पताल लगिएको थियो। तर, परीक्षणमा रगतमा विषको मात्रा केही नदेखिएको अस्पताल स्रोतले जानकारी दिएको छ।

अस्पताल स्रोत यो पनि भन्छ कि कहिलेकाहीँ विषको असर ढिला पनि देखिन्छ र अहिल्यै निष्कर्षमा पुग्नु छिटो हुन्छ। तैपनि अहिलेसम्म शर्मिलाले विष सेवन गरेको हो भनेर अस्पतालले पुष्टि भने गरेको छैन। अहिले शर्मिलाको श्वासप्रश्वास, ब्लड प्रेसर, धड्कन, मानसिक अवस्था सबै ठीक छ।

प्रकाशित मिति २०७९ फाल्गुण १९ गते शुक्रबार ११:०१
प्रतिक्रियाहरु