प्रचण्ड जेल जाने होकी भन्ने त्रासमा ८ दलिय गठबनध सगै राम चन्द्र पौडेल राष्ट्रपतिमा निर्बाचित हुने आशंका

प्रचण्ड जेल जाने होकी भन्ने त्रासमा ८ दलिय गठबनध सगै राम चन्द्र पौडेल  राष्ट्रपतिमा निर्बाचित हुने आशंका

छाँयापाटी

@छाँयापाटी

२०७९ फाल्गुण २१ गते आईतबार ०३:२६

काठमाडौं ।८ दलीय गठबन्धनको बैठक आज बस्ने भएको छ । राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न ८ दलिय गठबनधनको बैठक बस्न लागेको हो । बैठक अपरान्ह अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जनाइएको छ । यही फागुन २५ गते...

काठमाडौं ।८ दलीय गठबन्धनको बैठक आज बस्ने भएको छ । राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न ८ दलिय गठबनधनको बैठक बस्न लागेको हो ।

बैठक अपरान्ह अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जनाइएको छ ।

यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपति निर्वाचनका लागि आठ दलिय गठबन्धन बनेको छ । त्यसपछि सरकार गठन लगायतका काम हुने छन् ।

आजको बैठकमा राष्ट्रपति निर्वाचनका साथै सरकारमा सहभागी हुने विषयमा पनि छलफल हुने जनाइएको छ ।८ दलिय गठबन्धनमा मन्त्रिपरिषद विस्तारको विषयमा सहमति हुन बाँकी छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ ।दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेशल एयरपोर्टमा उडान गर्नका लागि प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए ।

उक्त प्रयोजनका लागि निगमका नायब महाप्रबन्धक (प्राविधिक) इञ्जिनियर विक्रम केसीको संयोजकत्वमा १० सदस्यीय सेफ्टी अडिट उपसमिति गठन गरिएको छ । समितिमा निगमको सेफ्टी, इञ्जिनियरिङलगायत विभागको प्रतिनिधित्व छ ।

दक्षिण कोरियामा सिधा उडान सञ्चालनार्थ सेफ्टी अडिट गर्नका लागि समिति गठन गरिएको हो । “उडानका लागि दक्षिण कोरियाको मिनिस्ट्री अफ ल्यान्ड, इन्फास्ट्रक्चर अफ एन्ड ट्रान्सपोर्ट (मोलिट) अन्तर्गतको सिभिल एभिएसन अथोरिटीले अडिट गर्नुपर्ने हुन्छ, सोहीको तयारीका लागि निगमको तर्फबाट समिति गठन गरी काम सुरु गर्न लागिएको छ”, निगमका प्रवक्ता खड्काले भने ।

निगमले अन्तर्राष्ट्रिय उडान गन्तव्य विस्तारको योजनाअनुरुप दक्षिण कोरिया सिधा उडानको तयारी सुरु गरेको हो । राष्ट्रिय ध्वजावाहक निगमको उपस्थिति र सिधा उडान सुरु गरेपछि बजार नियन्त्रण भई हवाई टिकटको मूल्य घट्ने र राष्ट्रिय ध्वजाबाहकको दायित्व पनि पूरा हुने निगमको विश्वास छ ।

निगमले हाल भारतका तीन गन्तव्य आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । निगमसँग दुई थान न्यारोबडी ए–३२० र दुई थान वाइडबडी ए–३३० जहाज छन् ।

 

प्रकाशित मिति २०७९ फाल्गुण २१ गते आईतबार ०३:२६
प्रतिक्रियाहरु