काठमाडौं । सोमबार दुबईमा सम्पन्न भएको आईसीसी विश्वकप लिग–टू त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालले यूएईलाई ४२ रनले हराएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले भीम सार्कीको अर्धशतकमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएर यूएईलाई जितका लागि २३० रनको लक्ष्य दिएको थियो ।
आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले यूएईमाथि ४२ रनको महत्वपूर्ण जित हात पारेको छ ।नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो ।
यसअघि नेपालले भीम सार्कीको ७० रनको मदतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको थियो ।
सोमबार दुबईमा सम्पन्न भएको आईसीसी विश्वकप लिग–टू त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालले यूएईलाई ४२ रनले हराएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले भीम सार्कीको अर्धशतकमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएर यूएईलाई जितका लागि २३० रनको लक्ष्य दिएको थियो ।
प्रकाशित मिति २०७९ फाल्गुण २२ गते सोमबार ०६:५२