काठमाडौं ।
नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व माओवादीहरु एक ठाउँमा आउनुपर्ने बताएका छन् । विचार मिल्नेहरुको एउटै पार्टी बनाउनुपर्ने भन्दै उनले त्यो नभए मोर्चाबन्दी वा कार्यगत एकता गरेर अघि बढ्नुपर्ने बताए ।
शहीद तथा वेपत्ता योद्धा सन्तती फाउण्डेसनले आइतबार राजधानीमा गरेको कार्यक्रममा भट्टराईले शान्ति प्रक्रियामा आउनु सही भए पनि संविधान बनाउन नसक्दा पहलकदमी हातबाट फुस्किएको बताए । नयाँ आधारमा नयाँ एकता सम्भव भएको भन्दै उनले भने, ‘माओवादी पृष्ठभूमिमा गर्व छ, माओवादी भन्न आपत्ति छैन । तर अबको युगमा माओवादी भन्ने पुच्छर राखेर पार्टी बनाइराख्नु आवश्यक छैन ।’
भौतिकवादी द्वन्द्ववादी चिन्तनपद्धती मुख्य कुरा भएको भन्दै उनले पूर्वाको मोह नराख्न आग्रह गरे । ‘मैले त आफ्नो मन बनाइसकेको छु । नजिकको साथीलाई भनिसकेको छु’, उनले भने, ‘हामी एकै चोटी पार्टी एकता भनेर गला मिलाउनुभन्दा बहस गरौं । कहाँ चुक्यौं, कसको के कमजोरी भयो समीक्षा गरौं ।’‘मिल्नसक्नेहरु एकै ठाउँमा आउँ, उटै पार्टी बनाउँ । समय लाग्छ भने पहिला एउटा गठबन्धन/मोर्चा बनाउँ । त्यो पनि सकिन्न भने कार्यगत एकता गरौं ।’
अहिले माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास भइरहेकाले पनि एकठाउँमा आउन जरुरी रहेको उनले बताए । ‘एउटा बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो ? यो निहुँ खोजेको होइन ?’, उनले भने, ‘तीन वर्षअघिको एउटा सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाउन मिल्छ भन्ने निर्णय गर्नु भनेको निहुँ खोजको होइन ? जिस्क्याएको होइन ?’
यस्ता मुद्दाहरुमा सहकार्य गर्नुपर्ने उनले बताए । ‘हामी सबै मिलेर किन सडकमा निस्कन सक्दैनौं ? सक्छौं’, भट्टराईले अघि भने, ‘सक्नेहरु विचार मिल्नेहरुको एउटै पाटी बनाउन, विचारमा अलि फरक हुनेहरु मोर्चा बनाउँ, त्यो नबनाउने हो भने कार्यगत एकता गरौं र यस्ता मुद्दाहरुमा सहकार्य गरौं ।’ यसले एउटा शक्ति बन्ने र शहीद वेपत्ताहरुको सपना पूरा गर्न सकिने भट्टराईको निष्कर्ष छ ।
कार्यक्रममा माओवादी आन्दोलनका शीर्ष नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव, धर्मेन्द्र बास्तोला, कर्णजित बुढाथोकी लगायत सहभागी थिए । कार्यक्रममा मोहन वैद्य किरण भने उपस्थित थिएनन् ।
कमाइ त परै जावस बाबालाई बिदेशबाट नेपाल झिकाउन समेत नेपालबाट ऋण काढेर पैसा पठाउन परो । बाबाको पनि कमाइ नभएपछि ऋण तिर्नको लागि भनी नारायण भारत को पन्जाव तिर काम गर्न गएका थिए ।कमाइ पनि राम्रो भएको थियो र पैसा पनि पठाउन थालेका थिए । तर अचानक के भयो भयो ? नारायण आफैलाई पनि अहिलेसम्म थाहा छैन ।
उनी भन्छन् म सुतेको थिए होसमा आउँदा हस्पिटलमा यस्तो अवस्थामा थिए । घटना गम्भीर थियो तर के कारणले कसले यसरी ढाड नै भाँचिने गरी कुट्यो त्यो अझै पनि खुल्न सकेको छैन तर आमा भन्छीन नारायणलाई चिनेका मान्छेले आफै सुतेको बेलामा लडेको भन्न लगाएका रहेछन् ।
शंका गरीएको मान्छेलाई ज्यान उद्योग सम्बन्धी मुद्धा हाले पनि हालसम्म पक्राउ पर्न नसकेको नारायणका बाबा बताउँछन् । पंजाव मै अपरेशन गरेर कपीलवस्तु बाणगंगा ८ मा रहेको घरमा ल्याएर राखिएका नारायणको अवस्था मात्रै होइन घरको अवस्था पनि नाजुक भएको हुन्दा पीडा भयानक छ ।
आमाले सधैँ भन्ने गर्नु हुन्थ्यो ‘समय आएसी सबै आफै ठिक हुन्छ। आत्तिनु र मात्तिनु हुँदैन। सबै कुराको बुझ्ने समय हुन्छ। ठिक समयमा बुझिन्छ सबै।’
आमाले भन्नु भएका यी शब्दहरु बुझाइबाट धेरै टाढा थिएँ। बुझ्ने कोसिस धेरै गरेँ, तर सायद ठिक समय नभएर होला, बुझ्न सकिनँ। आमाको मन आखिर हुन्छ चाहिँ के? कमजोर कि बलियो? कति लेखहरु पढियो, कति कहानीहरु सुनियो।
आमा कति महान छन् भनेर देखियो र देखायो समाजले। आफूभन्दा अगाडि बच्चा हुन् र आफ्नो खुसी सबै ती बच्चामा निहित गर्नु, ती बच्चाको सबै पीडा आफ्नो भाग्यमा लिन पाउँ भन्ने सामर्थ्य आउँछ चाहिँ कहाँबाट? सायद जुन दिन बच्चाको जन्म हुन्छ, आमा पनि त्यही दिन जन्मिने रहेछिन् र जन्मिने रहेछ त्यो हिम्मत र साहस।
प्रकाशित मिति २०७९ फाल्गुण २४ गते बुधबार १२:२९