काठमाडौं । गायक राजेश पायल राईले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् ।
राईले आफूलाई बिना प्रमाण मानहानि गर्न खोजिएको भन्दै आपत्ति समेत जनाएका छन् । साथै उनले आरोपको भरमा आधारहीन समाचार नछाप्न आग्रह गरेका पनि गरेका छन् ।
राइकी...
काठमाडौं । गायक राजेश पायल राईले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् ।
राईले आफूलाई बिना प्रमाण मानहानि गर्न खोजिएको भन्दै आपत्ति समेत जनाएका छन् । साथै उनले आरोपको भरमा आधारहीन समाचार नछाप्न आग्रह गरेका पनि गरेका छन् ।
राइकी पत्नी साङबुङ राईले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखेकी थिइन् । त्यसमा उनले आफ्नो बच्चालाई बाबुले शरीरमा तातोपानी खन्याइदिएको उल्लेख गरेकी थिइन् । साथै उनले गायक राईलाई पापी बाबुको संज्ञा पनि दिएकी थिइन् । उक्त स्टाटसलाई लिएर राईमाथि बुधबार विभिन्न प्रश्न उठेका थिए ।
स्टाटसकै भरमा बिना प्रमाण मानहानी गरिएको भन्दै राईले दुखेसो पोखेका छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै चुनौती दिएका छन् । राइले लेखेका छन्, ‘आउनुस् म च्यालेन्ज दिन्छु । यदि प्रमाण ल्याउनु भयो भने तपाईको पाउमा मेरो शीर राखिदिन्छु ।’
उनले थपेका छन्, ‘हिजो घटेको घटना रहेछ, बच्चालाई हस्पिटल लगेको होला। नलेगेनी हिजो खन्याको तातोपानीले त पक्कै पानीफोका ऊठ्यो होला । रातो दाग होला, घाऊ होला ,प्रमाण ल्याउनुस् मेरो शीर तपाईको हातमा राखिनँ भने म किराती होइन ।’
साथै राईले आफ्नो भलो नचिताउने र करिअर समाप्त गराउने गिरोह सक्रिय हुन लागेको दाबी गरेका छन् ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७