काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापन गरेका छन् ।
बिहीबार एक पत्र जारी गर्दै अध्यक्ष ओलीले राष्ट्रपतिमा निर्वाचित भएकोमा पौडेललाई बधाइ ज्ञापन गरेका हुन् ।
‘नेपालको तेस्रो राष्ट्रपतिको गरिमामय पदमा निर्वाचित हुनुभएकोमा नेपाली काँग्रेसका नेता एवं मेरा मित्र रामचन्द्र पौडेललाई हार्दिक बधाइ तथा सफल कार्यकालको सुभकामना व्यक्त गर्न चाहन्छु,’ बधाइ पत्रमा भनिएको छ ।
रामचन्द्र पौडेल नेपालको चौँथो कार्यकालका निर्वाचित हुने तेस्रो राष्ट्रपति हुन् । बुधबार भएको निर्वाचनमा उनले एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
रामचन्द्र पौडेल नेपालको चौँथो कार्यकालका निर्वाचित हुने तेस्रो राष्ट्रपति हुन् । बुधबार भएको निर्वाचनमा उनले एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति २०७९ फाल्गुण २६ गते शुक्रबार ०९:५१