संतोष देउजाले हार्दिक होटेलमा केटि मगाएको प्रमाण सहित शर्मिला वाइबा फेरी आइन मिडियामा (हेनुहोस भिडियो)

संतोष देउजाले हार्दिक होटेलमा केटि मगाएको प्रमाण सहित शर्मिला वाइबा फेरी आइन मिडियामा (हेनुहोस भिडियो)

छाँयापाटी

@छाँयापाटी

२०७९ चैत १ गते बुधबार १०:१४

संतोष देउजाले हार्दिक होटेलमा म मार्फत केटि मगाउथ्यो, तर पैसा तिर्थेन मैले तिरिदिन्थें: शर्मिला वाइबा (भिडियो) भिडियो समाचारको अन्त्यमा छ, हेर्नुहोस। ल विषयमा प्रवेश गर्नुअघि तीन सान्दर्भिक व्यक्तित्वका अभिव्यक्ति स्मरण गराउन...

संतोष देउजाले हार्दिक होटेलमा म मार्फत केटि मगाउथ्यो, तर पैसा तिर्थेन मैले तिरिदिन्थें: शर्मिला वाइबा (भिडियो) भिडियो समाचारको अन्त्यमा छ, हेर्नुहोस।

ल विषयमा प्रवेश गर्नुअघि तीन सान्दर्भिक व्यक्तित्वका अभिव्यक्ति स्मरण गराउन चाहन्छु ।

पहिलो हो- तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको । ‘ओली प्रतिगमन’ विरुद्ध पाँचदलीय गठबन्धन सरकारको उनी भर्खरै अर्थमन्त्री बनेका थिए । देशमा चर्को तरलता अभाव थियो । आर्थिक मन्दी र संकटको लक्षण त्यतिखेरै देखिन थालेका थिए । उनले अर्थमन्त्रीको हैसियतमै भन्दिए, ‘कहाँ गएछ पैसा ? किन छैन बजारमा ? म खोज्दैछु ।

दोस्रो अभिव्यक्ति हो- एमाले नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको । आम चुनावभन्दा केही महिना अघि उनी कतै भाषण गर्दैथिए, ‘भ्रष्टाचार रोक्ने हो भने ५०० र १००० को नोट छाप्न छोडौं । साना नोट बोरामा बोकेर कोही घुस दिन जाँदैन । कमिसन खान सजिलो हुँदैन ।’

र, तेस्रो भने ‘सेलिब्रेटी बैंक सीईओ’ अनिलकेशरी शाहको हो । गत हप्ता मात्रै एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘भ्रष्टाचार र कालोधन निस्तेज पार्न ५०० र १००० दरका नोट खारेज गरी नयाँ नोट छापौं ।

यी तीनै जना देशको आर्थिक प्रशासनसँग जोडिएका मूर्धन्य व्यक्तित्व हुन् । यतिको हैसियत भएका मान्छेले केही न केही बुझेरै, ज्ञान र विशेषज्ञता राखेरै बोले होला भनेर सर्वसाधारणलाई पर्नु स्वाभाविक हुन्छ । तर, माफ गर्नुहोला ! यी भनाइमा मैले भने कुनै संगतिपूर्ण सोच वा आर्थिक विशेषज्ञता देखिनँ ।

पैसा कहाँ गएको रहेछ, किन हराएछ बजारबाट ? अर्थमन्त्रीको हैसियतले खोजी थालेका शर्मा कुुनै उत्तर नै नदिइकन बाहिरिए । त्यतिखेर धेरैको एउटा अनुमान थियो- आसन्न स्थानीय र आम चुनावलाई दृष्टिगत गरी बैंक, वित्तीय संस्था र सामान्य बजार प्रक्रियाबाट बाहिर राजनीतिक नेता, कार्यकर्ताले नगद घरमै राखेका होलान् । चुनावपछि पैसा बजारमा निस्केला ।

दुवै चुनाव सकिए । चुनाव असाध्यै महँगो र खर्चिलो भयो भन्ने गुनासो पनि व्यापक सुनियो । त्यसो हो त लुकाएको पैसा बजारमा फर्किएर आइसकेको हुनुपर्ने हो । बजारचक्र दुरुस्त भइसकेको हुनुपर्ने हो । तर, फेरि पनि बजारमा पर्याप्त पैसा आएन । अर्थतन्त्रको चक्र अहिले पनि चुस्तदुरुस्त छैन । बरु झन् झन् संकटग्रस्त हुँदै गइरहेको छ ।

आज पनि जताततै त्यही गुनासो छ, मान्छेसँग पैसा नै छैन । ल, ठीक छ काम नगर्नेहरूको त पैसा नहुने नै भयो । काम गर्नेहरूको चाहिं जताततै भुक्तानी किन रोकिएको ? व्यापारीहरूको उधारो बढेको छ । बैंक र वित्तीय संस्थाहरूमा खराब कर्जा र ऋणीको संख्या दुवै बढिरहेको छ । मान्छेले पाउनुपर्ने पैसा समेत बेलामा नपाउँदा दुःखी र खिन्न छन् । किन यस्तो भयो ?

यति कुरा ढुक्कले भन्न सकिन्छ कि पक्कै हाम्रो अर्थतन्त्र र मौद्रिक नीतिमा केही न केही गडबड छ । तर त्यो गडबडी के हो ? अर्थमन्त्रीको हैसियतमा भएका जनार्दन शर्मासमेत जनतालाई बताउन नसकिकन विवादास्पद कार्यकाल पूरा गरेर गए । अर्थमन्त्रीलाई समेत थाहा नहुने रहस्य कसले कसरी थाहा पाउने ? कसले कसलाई बताउने हो ? सरकारले त अर्थतन्त्रको वास्तविक स्थिति जनतालाई कहिल्यै भन्ने हैन । भन्दा पनि तथ्यांक बङ्ग्याएर, एकअर्काको सरकारलाई आरोप लगाएर, अर्कोले बिगारेको, आफूले सपारेको जस्तो पारेर भन्ने हुन् । त्यस्तो तथ्यांक र सूचनाले झन् धेरै भ्रम बढाउँछ ।

यदि सुरेन्द्र पाण्डे र अनिलकेशरी शाहको तर्क पत्याउने हो भने पैसा भ्रष्टाचारी र काला व्यापारीले लुकाएका छन् । तसर्थ बजार र जनतासँग अभाव भइरहेको छ भन्ने अर्थ लाग्दछ । तर, यो तर्कमा पनि कुनै दम देखिंदैन । किनकि भ्रष्टाचारी र कालाबजारीले पैसा नगदकै रूपमा बिटाका बिटा बोरामा खाँदेर राख्ने हैनन् । भ्रष्टाचार गरिएको धन कुनै न कुनै प्रकारले थान्को लगाइएको हुन्छ ।

प्रकाशित मिति २०७९ चैत १ गते बुधबार १०:१४
प्रतिक्रियाहरु