चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला बन्नेमा ढुक्कहुन आग्रह गरेकी छिन् । विहीबार नेपाल र यूएईबीचको
खेल हेर्न त्रिवी क्रिकेट मैदान पुगेकी दाहाललाई समर्थकले गौतमबुद्ध रंगशाला कहिले...
चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला बन्नेमा ढुक्कहुन आग्रह गरेकी छिन् । विहीबार नेपाल र यूएईबीचको
खेल हेर्न त्रिवी क्रिकेट मैदान पुगेकी दाहाललाई समर्थकले गौतमबुद्ध रंगशाला कहिले बन्छ भनेर सोधेका थिए । समर्थकको जिज्ञासालाई सामाजिक सञ्जालमार्फत
सम्बोधन गर्दै दाहालले केहि दिनमै खु’सीको खबर सुन्न पाइने ब’ताएकी छिन् । उनले लेखेकी छिन्, ढुक्क हुनुस भरतपुरमा गौतम बुद्ध अन्तराष्ट्रिय कृकेट स्टेडियम बन्छ । केहिदिनमा खुशीको खबर सुन्न पाउनु हुनेछ।
सुदृष्टी बाट
जाजरकोट । यो पनि एकै परिवारका दिदी बहनी दाजुभाइले एकै पटक सरकारी जागिर खाएको सुनेको छौ । तर जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका आमाछोरी एकै पटक सरकारी जागिरे भएका छन् । सरकारी जागिरे हुनेमा
जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका आमाछोरी क्रमश निर्मला खड्का (कार्की) र छोरी श्रष्टा कार्की रहेका छन् । श्रष्टा आमाभन्दा २१ वर्ष कान्छी हुन। छोरीले लोक सेवा आयोग कर्णाली प्रदेशकाे चाैथाे तह असिस्टेन्ट सबइन्जिनियर पदमा गत पुस २० गते स्थायी
नियुक्ति लिएर मुसीकोट नगरपालिका रुकुमपश्चिममा सेवा सुरु गरेकी छन् भने निर्मलाले शिक्षक सेवा आयोगको विज्ञापनमा सल्यानबाट प्राथमिक तह तृतीय श्रेणीमा हालै नाम निकालेकी छन्। छोरी श्रष्टाले भने पहिलो प्रयासमै लोक सेवा पास गरेकी हुन्। २०६२ सालमा गाउँकै
त्रिभुवन निमाविमा अंग्रेजी विषयमा राहत दरबन्दीमा लामो समय काम गरेकी आमा निर्मलाको मेर हदको अन्तिम अवस्थामा सल्यान जिल्लाबाट स्थायी शिक्षकमा नाम निकालेकी हुन् । छोरी श्रष्टाले १९ वर्षको उमेरमै
लोक सेवा पास गरेकी हुन्। उनले सदरमुकाम खलंगास्थित त्रिभुवन माविबाट ०७५ सालमा एसईई गरेकी उनले शंखरापुर वहुप्राविधिक शिक्षालय शाँखु काठमाडौंबाट गत वर्ष डिप्लोमा इन सिभिल इन्जिनियर पास गरिन्।
रास्वपाले कम्तीमा ३ मन्त्री दाबी गरेको छ । उपसभामुख भने आफूले पाउने टुंगो लागिसकेको रास्वपाका नेताहरूको दाबी छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पार्टीको भागमा परेमा काठमाडौं–६ बाट निर्वाचित शिशिर खनाल दाबेदार रहने बताइएको छ । उनी ‘टिच फर नेपाल’ संस्थापक हुन् । उनले शिक्षा क्षेत्रमा काम गरेको अनुभवका आधारमा उक्त मन्त्रालयमा दाबेदारका रूपमा हेरिएको स्रोतको भनाइ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्राप्त भएमा ललितपुर–३ बाट निर्वाचित डा. तोसिमा कार्कीसँगै समानुपातिक सांसदहरू डा. ढाकाकुमार श्रेष्ठ र डा. चन्दा कार्की दाबेदार रहनेछन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पाएमा काठमाडौं–२ बाट निर्वाचित सोविता गौतमलाई पठाउने बताइएको छ । उपसभामुखमा पनि उनीसहित समानुपातिक सांसद सुमना श्रेष्ठको चर्चा रहेको रास्वपाका सांसदहरूले जानकारी दिएका छन् ।
समानुपातिक सांसद मनीष झाको विगतको अनुभवका आधारमा युवा तथा खेलकुद मन्त्रालयमा दाबी छ । पूर्वखेलाडीसमेत रहेका उनी ‘फ्याक्ट्स नेपाल’ का संस्थापक हुन् ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पार्टीको भागमा आउँदा संस्कृतिको क्षेत्रमा काम गरेका काठमाडौं–८ बाट निर्वाचित विराजभक्त श्रेष्ठ र पर्यटन व्यवसायमा संलग्न समानुपातिक सांसद डोलप्रसाद अर्यालको विज्ञता पुग्ने बताइएको छ ।
रास्वपा सत्तारूढ गठबन्धनमा तेस्रो ठूलो शक्ति भएकाले सोहीअनुसारको भाग पाउनुपर्ने नेताहरूले बताएका छन् । एक सांसदका अनुसार पार्टीको भागमा परेका मन्त्रालय र विगतमा हासिल गरेको विज्ञता हेरेर जिम्मेवारी लिने र त्यसमा असन्तुष्टि जाहेर नगर्ने सहमति भएको छ ।
संसदीय समिति सभापति र उपसभामुखमा पनि त्यसरी नै टुंगो लगाउने सहमति भएको रास्वपाका नेताहरूको भनाइ छ । प्रतिनिधिसभामा रास्वपाका २० सांसद छन् ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७