बैशाख १० को उपनिर्वाचन म हारे पनि फरक पर्दैन देशको रक्षाको लागि ज्यान दिन तयार छु: रबी लामिछाने (साथ दिनेले सियर गर्नुस्)

बैशाख १० को उपनिर्वाचन  म हारे पनि फरक पर्दैन देशको रक्षाको लागि ज्यान दिन तयार छु: रबी लामिछाने (साथ दिनेले सियर गर्नुस्)

छाँयापाटी

@छाँयापाटी

२०७९ चैत १० गते शुक्रबार १२:२४

म यो देशको ढुकुटी को पाले हु, कसैलाइ एक रुपैया चोर्न दिन् कसैलाई भ्रष्टाचार गर्न दिन्न । यो देश सबै घुस खोरी दलालले सबै देश खाई सके देश बेच्न लागिसके भन्दै कडा रुपमा बोलेका छन् । उनको यो बोली सबैले रुचाएका छन । भाषण गर्दा जब यो कुरा...

म यो देशको ढुकुटी को पाले हु, कसैलाइ एक रुपैया चोर्न दिन् कसैलाई भ्रष्टाचार गर्न दिन्न । यो देश सबै घुस खोरी दलालले सबै देश खाई सके देश बेच्न लागिसके भन्दै कडा रुपमा बोलेका छन् । उनको यो बोली सबैले रुचाएका छन । भाषण गर्दा जब यो कुरा आयो अनि गडड तालीको आवाज आएको थियो ।

यो पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध राहदानी विवादमा मुद्दा नचल्ने भएको छ।महान्यायाधिवक्ता दिनमणि पोखरेलले सोमबार लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय गरेको सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए।

यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरूद्ध मुद्दा नचलाउने प्रतिवेदन उच्च सरकारी वकिलको कार्यालयमा पठाएको थियो। उच्च सरकारी वकिलको कार्यालयले जिल्लाको प्रतिवेदनलाई गत बिहीबार महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो।
काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेमाथि विशेषगरी चार वटा आधारका कारण मुद्दा नचलाउने निर्णय गरेको थियो।

लामिछानेले सन् २०१५ मा लिएको ०८८३४८३८ नम्बरको राहदानी दुरूपयोग गरेको अध्यागमन विभागको रेकर्डबाट पनि नदेखिएको कुरालाई पहिलो आधार मानेको छ।दोस्रो, आधार अमेरिकी नागरिक हुनुअघि उनी वंशजको आधारमा नेपाली नागरिक रहेको र विदेशी नभई गैरआवासीय व्यक्तिसरह रहेको मानेको कार्यालयका प्रमुख एवं न्यायाधीवक्ता अच्युतमणि न्यौपानेले बताएका थिए।

‘वंशजको आधारमा नेपाली नागरिक रहेको र पछि पूर्ण रूपमा विदेशी नभई गैरआवासीय व्यक्तिसरह रहेको देखियो,’ उनले भनेका थिए।। त्यो राहदानी अध्यागमन विभागबाट रद्द पनि भइसकेको र नागरिकता पुन: प्राप्ति गरिसकेको कुरालाई कार्यालयले लामिछानेविरूद्ध मुद्दा नचलाउने अर्को आधार बनाएको छ।

यस्तै, लामो समय अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले पनि उनीमाथि मुद्दा चलाउनु नपर्ने भन्दै अनुसन्धान प्रतिवेदन बुझाएको कुरालाई पनि कार्यालय अर्को आधार मानेको छ। लामिछानेले राहदानी दुरूपयोग गरेको भन्ने उजुरी परेपछि परिसरले अनुसन्धान गरिरहेको थियो।

झूटा विवरण पेश गरी नेपाली राहदानी लिएको भन्दै लामिछानेविरूद्ध परेको मुद्दामा अनुसन्धान भइरहेको थियो। त्यस्तै, त्याग गरिसकेको नागरिकताको आधारमा निर्वाचन जितेर सांसद बनेको भन्दै उनीविरूद्ध सर्वोच्चमा रिट परेको थियो।

सर्वोच्चले उक्त रिटमा गत माघ १३ गते आदेश दिएको थियो। सर्वोच्चले उनको सांसद पद खारेज गरेको थियो। त्यतिबेला उनी उपप्रधान तथा गृहमन्त्री समेत थिए। आदेश आएसँगै उनले मन्त्रीबाट राजीनामा दिएका थिए।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गएर उनले पुन: नागरिकता प्राप्ति गरेका थिए। यस्तै निष्क्रिय भएको नागरिकताबाट लिएको राहदानी पनि फिर्ता गरेका थिए।

 

प्रकाशित मिति २०७९ चैत १० गते शुक्रबार १२:२४
प्रतिक्रियाहरु