रास्वपा चाँडै नै देशको सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टी हुन्छ र देशमा बिकाशको मुलफ़ुट्ने छ : रवि लामिछाने(भिडियो)

रास्वपा चाँडै नै देशको सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टी हुन्छ र देशमा बिकाशको मुलफ़ुट्ने छ  : रवि लामिछाने(भिडियो)

छाँयापाटी

@छाँयापाटी

२०७९ चैत १९ गते आईतबार १२:५०

अहिले देखिएका हामी ३ भाई देशको लागि अत्यन्तै धेरै क्षमता देखिएका ३ भाई हैनौँ, यो देशमा त्यस्ता कैयौँ दाजुभाई दिदी बहिनी हुनुहुन्छ जसका लागि प्रेरणा बन्न सकोस्, कहाँ गएर आफ्नो विज्ञता प्रकट गरुँ भन्नेहरुका लागि हामीले ठाउँ राखेका...

अहिले देखिएका हामी ३ भाई देशको लागि अत्यन्तै धेरै क्षमता देखिएका ३ भाई हैनौँ, यो देशमा त्यस्ता कैयौँ दाजुभाई दिदी बहिनी हुनुहुन्छ जसका लागि प्रेरणा बन्न सकोस्, कहाँ गएर आफ्नो विज्ञता प्रकट गरुँ भन्नेहरुका लागि हामीले ठाउँ राखेका छौँ ।

म यहाँहरुलाई संकेत गर्छु कि कैयौँ त्यस्ता क्षमतावान व्यक्तिहरु हाम्रो पार्टीको माध्यमबाट सेवा गर्न तयार भएर बस्नुभएको छ । यो संकेत हो कि राष्ट्रिय स्वतन्त्र पार्टी यो देशको सबैभन्दा ठूलो र सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुन्छ

अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका छन्। उनले इतर समूहका नेता डा। शेखर कोइरालालाई सन्देश पठाएर पार्टी परित्यागको घोषणा गरेका हुन्।

वाग्लेले कांग्रेस परित्यागको घोषणा गरेको कोइरालाको सचिवालयले पुष्टि गरेको छ। ‘पार्टीमा रहन्न भनेर सन्देश पठाउनभएको छ,’ नेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने, ‘पार्टी परित्यागको घोषणा गर्नुभएको छ।’

वाग्ले वैशाख १० मा तनहुँ १ मा हुने उपनिर्वाचनमा उठ्नका लागि राष्ट्रिय स्वन्त्र पार्टीसँग अहिले छलफलमा छन्।

उनी तनहुँ नै पुगेर त्यहाँका मतदाताको मनस्थिति बुझिसकेपछि कांग्रेस छाड्ने निर्णयमा पुगेका हुन्। रास्वपाले सम्भवतः आजभोलि नै वाग्लेलाई तनहुँ १ मा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय लिनेछ।

तनहुँ १ः रास्वपाको पहिलो रोजाइमा स्वर्णिम वाग्ले, राजेश हमालको पनि चर्चा१

​वाग्लेले नेताहरुलाई पठाएको म्यासेजमा सभापति शेरबहादुर देउवाको निरन्तर हेपाइ र अपमानले पार्टी परित्याग गर्ने अवस्था सिर्जना भएको सन्देशमा उल्लेख गरेका छन्।

‘प्रिय दाइ, हजुरहरुको अपार सद्भावका बावजूद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ,’ उनले लेखेका छन्, ‘देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो।’

वाग्लेले अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’ को प्रयोगमा जान चाहेको पनि उल्लेख गरेका छन्।

‘यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौँ,’ उनले भनेका छन्।

वाग्लेले सन्देशमा इतर समूहका नेताहरु निर्णाकयक हैसियतमा आएको अवस्थामा कांग्रेससँग जोडिन सक्ने पनि बताएका छन्।‘कांग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिन सक्ने आशा छ,’ उनले लेखेका छन्, ‘त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु।’

उनले नेता कोइरालालाई पठाएको सन्देश महामन्त्रीहरु गगन थापा, विश्वप्रकाश शर्मालाई पनि पठाएको बताइएको छ।

प्रकाशित मिति २०७९ चैत १९ गते आईतबार १२:५०
प्रतिक्रियाहरु