प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका सूर्य थापाले प्रचण्ड र ‘माधव नेपाल प्रधानमन्त्री बन्न नसक्ने टिप्पणी गरेका छन्’। बिहिबार सामाजिक सञ्जालबाट कटाक्ष गर्दै उनले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वको प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्ने संभावना असम्भव र शून्य बराबर रहेको टिप्पणी गरेका छन् ‘।
उनले लेखेका छन् पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्व प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात असम्भव नै छ ‘। यो गोरु ब्याएर बिगौती खान खोजजस्तै मात्र हो ‘। कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔं ‘।
प्रकाशित मिति २०७७ फाल्गुण १३ गते बिहिबार १२:५२