टोपबहादुर रायमाझी र बालकृष्ण खाँण पुगे उच्च अदालतमा, सुन तस्करमा माओवादीकै हात हेर्नुहोस यो भिडियो

टोपबहादुर रायमाझी र बालकृष्ण खाँण पुगे उच्च अदालतमा, सुन तस्करमा माओवादीकै  हात हेर्नुहोस यो भिडियो

छाँयापाटी

@छाँयापाटी

२०८० साउन १६ गते मङ्गलबार ०१:१९

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा पक्राउ परेर कारागारमा रहेको दुई नेता उच्च अदालतमा पुगेका छन् । शरणार्थी प्रकरणमा पक्राउ परेर जिल्ला अदालतबाट कारागारमा पठाउने आदेश भएपछि डेढ महिनादेखि कारागारमा...

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा पक्राउ परेर कारागारमा रहेको दुई नेता उच्च अदालतमा पुगेका छन् ।

शरणार्थी प्रकरणमा पक्राउ परेर जिल्ला अदालतबाट कारागारमा पठाउने आदेश भएपछि डेढ महिनादेखि कारागारमा रहेका एमाले निलम्बित सचिव टोपबहादुर रायमाझी,कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण र भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पाटन पुगेका हुन् ।

मुद्दाको विषयवस्तु, प्रमाणको विवेचना नगरी आफूहरुलाई थुनामा राखेको भन्दै उनीहरुले थुनामुक्त गर्ने आदेश माग गरेका छन् । उच्च अदालत पाटनले खाँण र रायमाझीको हकमा कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ ।

नेकपा एमालेका नेता विष्णु रिजालले सुन तस्करीको सुई माओवादी तिरै घुम्ने बताएका छन् । सुन तस्करी प्रकरणको छानबिन गर्न सरकारले आनाकानी गरिरहेको बेला एमाले नेता रिजालले यस्तो बताएका हुन् ।

‘सुन तस्करीको सुई जताबाट घुमाए पनि माओवादी नेताहरु तिरै सोझिएको छ । पक्राउ परेका चिनियाँ नागरिकको उनीहरुसँग फोन सम्पर्क, खानपिन, बस उठ, नातासम्बन्ध र मित्रताले नै कसका आडमा तिनले नेपालमा आएर यति ठूलो अपराध गरिरहेका रहेछन् भन्ने छर्लंग हुन्छ,’ फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘छानबिन गर्ने/नगर्ने सरकारको कुरा भयो–यति ठूलो तस्करीमा कसको संलग्नता छ भन्नेमा अब कुनै दुविधा रहेन । ’

उनले सरकारले छानबिनलाई प्रभावित गर्ने काम पनि गरिरहेको समेत बताएका छन् । ‘अपराधको तहमा सरकारी निकायले गरिरहेका छानबिनलाई प्रभावित नगरी संसदीय छानबिन मात्र होइन, हिम्मत भए सरकारले न्यायिक आयोग गठन गरेर छानबिन गरोस्, सबै खुल्छ ।’ नेता रिजालले भनेका छन् ।

प्रकाशित मिति २०८० साउन १६ गते मङ्गलबार ०१:१९
प्रतिक्रियाहरु