लागुऔषध सेवनकर्ताको आक्रमणबाट झिलझिले झापाका इन्चार्ज इन्स्पेक्टर युवराज कटुवाल घाइते

लागुऔषध सेवनकर्ताको आक्रमणबाट झिलझिले झापाका इन्चार्ज इन्स्पेक्टर युवराज कटुवाल घाइते

मुकेश कटुवाल

@छाँयापाटी

२०८० भदौ ८ गते शुक्रबार ०१:२७

भदौ ८ झापा झील झिले ईलाका प्रहरी कार्यालय प्रहरी निरिक्षक युवराज कटुवाल माथि बिहीबार साँझ शिवसताक्षी नगरपालिका-९ झरना पुलनजिकै आक्रमण भएको थियो । ब्राउन सुगर सेवन गरिरहेको सूचनाको आधारमा प्रहरी निरीक्षक युवराज कट्‍वालको कमाण्डमा...

जेरी र शंकर डिभोर्स बारेमा कुरा गर्दै पुण्य गौतम तर के भो परे अचम, हेर्नुहोस भिडियो

भदौ ८ झापा झील झिले ईलाका प्रहरी कार्यालय प्रहरी निरिक्षक युवराज कटुवाल माथि बिहीबार साँझ शिवसताक्षी नगरपालिका-९ झरना पुलनजिकै आक्रमण भएको थियो । ब्राउन सुगर सेवन गरिरहेको सूचनाको आधारमा प्रहरी निरीक्षक युवराज कट्‍वालको कमाण्डमा सादा पोशाकमा प्रहरी टोली खटिएको थियो ।

३ जना सवार मे ४ प २७५१ नम्बरको मोटरसाइकल लापरबाही हिसाबले चलाएको देखेर रोकेर सोधपुछ गर्ने क्रममा इन्स्पेक्टर युवराज कट्‍वालमाथि आक्रमण भएको झापा प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

उनका अनुसार मोटरसाइकलमा आएकामध्ये ३६ वर्षीय अशोक पोखरेलले लुकाएर ल्याएको बन्चरो कट्‍वालको टाउकोमा हानेका थिए । बन्चरो प्रहारबाट उनको टाउको र हातको औंलामा चोट लागेको रिजालले बताए ।

बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचाररत् कट्‍वालको टाउकोमा ८ र औंलामा ३ टाँका लगाइएको छ । अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ ।

उक्त आक्रमण गर्ने लाई ईलाका प्रहरी कार्यालय झील झीले ले पक्राउ गरेको छ पक्राउ पर्नेमा मोटरसाइकल चालक ३२ वर्षीय विकास भन्ने अरुण तामाङ, बीचमा सवार ३३ वर्षीय लक्ष्मण टुडू र बन्चरो हान्ने अशोक तीनैजनालाई प्रहरीले पक्राउ गरी इप्रका झिलझिलेमा अनुसन्धान भइरहेको स्रोत ले जनाएको छ ।

 

प्रकाशित मिति २०८० भदौ ८ गते शुक्रबार ०१:२७
प्रतिक्रियाहरु