चौदण्डीगढी नगरपालिका मा प्रथम दिप्सन मगर स्मृति फुटबल प्रतियोगिता हुने भएको छ

चौदण्डीगढी नगरपालिका मा प्रथम दिप्सन मगर स्मृति फुटबल प्रतियोगिता हुने भएको छ

मुकेश कटुवाल

@छाँयापाटी

२०८० भदौ १५ गते शुक्रबार ०८:१८

भदौ १५ बेल्टार सवारी दुर्घटनामा परि अल्पायुमै निधन भएका फुटबल खेलाडी दिप्सन मगरको सम्झनामा फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका ७ मा रहेको Beltar United youth Club का गोलरक्षक समेत रहेका दिप्सन मगरको गत श्रावण...

भदौ १५ बेल्टार सवारी दुर्घटनामा परि अल्पायुमै निधन भएका फुटबल खेलाडी दिप्सन मगरको सम्झनामा फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका ७ मा रहेको Beltar United youth Club का गोलरक्षक समेत रहेका दिप्सन मगरको गत श्रावण १७ गते मोटरसाइकल दुर्घटना हुदाँ निधन भएको थियो ।

Open photo
चौदण्डीगढी नगरपालिकाकै उतकृष्ट खेलाडीहरुमा पर्ने दिप्सन मगर आफ्नै क्लव को समेत एक कुशल खेलाडी रहेको र श्रावण १७ दुखद निधन भएकाे र उनै खेलाडीको सम्झनामा खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको क्लवका अध्यक्ष रोशन राईले जानकारी दिनु भयो ।

करिव ५ लाख खर्चेर प्रतियोगिता आयोजना गर्न लागिएको समेत आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र उपलब्ध गराइने छ भने दोश्रो हुने टिमलाइ नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

Beltar United youth Club बेल्टारका सदस्य जसबहादुर राइले भने प्रतियोगितामा उत्कृष्ट हुने सबै विधाका खेलाडीहरुलाई ट्रफी र नगदले सम्मान गर्ने आयोजक समितिले निर्णय गरेको बताउनु भयो ।

Open photo

प्रथम दिप्सन स्मृति फुटबल प्रतियोगिता २०८० आयोजना हुने भएपछी शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजकले खेल आयोजनाको तयारी लगभग पुरा भएको जनाएको हो । प्रतियोगिता सफल बनाउन देश तथा बिदेशमा रहेका नेपाली दाजु भाई यो प्रतियोगिता मा सयोग गर्नु भएको र पारुहांग एकेडेमीले प्रथम पुरस्कार रासी स्पोन्सर गरेको छ क्लवका अध्यक्ष रोशन राइले बताउनु भयो ।

यही भदौ २३ गते बाट ३० गते सम्म संचानल हुने प्रथम दिप्सन मगर स्मृति फुटबल प्रतियोगितामा ८ टिमले सहभागिता जनाउने छन । प्रतियोगितामा उदयपुरबाट आयोजक Beltar United youth Club, कटारी फुटबल क्लव, गाईघाट फुटबल क्लव, बेलाका नगरपालिका, फ्युजन क्लव बोक्से र लालिगुरास फुटबल क्लव भागलपुरले सहभागिता जनाउने छन्

भने सुनसरी बाट तालतलैया फुटबल क्लव र सप्तरीबाट न्यू त्रियुगा स्पोर्ट्स क्लवले सहभागिता जनाउने छन । प्रतियोगिताको टाइसिट यही भदौ १८ गते प्रकाशन गरिने समेत आयोजकले जनाएको छ ।

 

 

प्रकाशित मिति २०८० भदौ १५ गते शुक्रबार ०८:१८
प्रतिक्रियाहरु