प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक : होला त संसद आह्वानको सिफारिस ?

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक : होला त संसद आह्वानको सिफारिस ?

छाँयापाटी

@छाँयापाटी

२०७७ फाल्गुण १४ गते शुक्रबार १२:५६

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ'। प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्चको फैसलापछि पहिलोपटक...

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ’। प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्चको फैसलापछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर गर्दै मंगलबार बेलुका पुनःस्थापनाको फैसला सुनाएको थियो। सर्वोच्चले १३ दिनभित्र संसद्को अधिवेशन बोलाउन’ परमादेशसमेत जारी गरेको छ’। प्रतिनिधिसभा पुन:स्थापना पछि पहिलो पटक बस्न लागेको आजको मन्त्रिपरिषद् बैठकले संसद बैठक आव्हानको लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस ग’र्ने सम्भावना छ।

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी संलग्न संवैधानिक इजलासले पुष ५ गते गरेको प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेको हो’।

सरकारमा बहुमत कायम रहेको र वैकल्पिक सरकार बन्न सक्ने अवस्था रहेको स्थितिमा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार संविधानले नदिएको निष्कर्ष सर्वोच्चले निकालेको थियो।यस अगाडि मंगलबार बिहान मन्त्रिपरिषद् बैठक बसेको थियो’।

प्रकाशित मिति २०७७ फाल्गुण १४ गते शुक्रबार १२:५६
प्रतिक्रियाहरु