भदौ २४ उदयपुर जिल्ला- : बेल्टार उदयपुर जिल्ला काे चौदण्डीगढी नगरपालिका काे राम प्रसाद राई रंगशाला मा प्रथम दिप्सन मगर स्मृति फुटबल प्रतियोगिता मा आइतबार भएको खेलेमा गाईघाट फुटबल क्लब ले बाजी मारेको छ भागलपुर फुटबल क्लवलाइ ट्राइब्रेकरमा पराजित गर्दै गाईघाट फुटबल क्लव विजयी भएको हो ।

खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछी खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकरमा गाईघाट फुटबल क्लवले ३-१ गोल अन्तरले भागलपुर फुटबल क्लवलाइ पराजित गरेको हो ।

प्रतियोगिता अन्तर्गत भोली सोमबारको खेल बेलका नगरपालिका र त्रियुगा स्पोर्ट्स क्लव सप्तरी बीच हुने आयोजकले जानकारी दिएका छन ।


प्रकाशित मिति २०८० भदौ २४ गते आईतबार ११:५४