भारतसँगको खेलमा नेपालको उत्कृष्ट प्रदर्शन, अम्पायरमाथि उठ्यो प्रश्न!हेर्नुहोस भिडियो

भारतसँगको खेलमा नेपालको उत्कृष्ट प्रदर्शन, अम्पायरमाथि उठ्यो प्रश्न!हेर्नुहोस भिडियो

छाँयापाटी

@छाँयापाटी

२०८० असोज १६ गते मङ्गलबार १२:४४

काठमाडौं । एसियन गेम्सअन्तर्गत भएको क्रिकेट खेलको क्वाटरफाइनलमा उत्कृष्ट प्रदर्शन गरे पनि नेपाल भारतसँग २३ रनले पराजित भएको छ । खेलमा टस जितेर ब्याटिङ गरेको भारतले ओपनर यशस्वी जैसवालको उत्कृष्ट शतकीय पारीको मद्दतमा निर्धारित...

काठमाडौं । एसियन गेम्सअन्तर्गत भएको क्रिकेट खेलको क्वाटरफाइनलमा उत्कृष्ट प्रदर्शन गरे पनि नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।

खेलमा टस जितेर ब्याटिङ गरेको भारतले ओपनर यशस्वी जैसवालको उत्कृष्ट शतकीय पारीको मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रनको योगफल तयार गरेको थियो । जैसवालले ४९ बलमै १०० रन बनाउँदै दीपेन्द्र सिंह ऐरीको बलमा अविनाश बोहोराको हातबाट क्याचआउट भए । भारतका लागि कप्तान रितुराज गाइकवाड र शिवम दुवेले समान २५ तथा रिङ्कु सिंहले ३७ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरीले दुई विकेट लिँदा अविनाश बोहोरा र सन्दीप लामिछानेले एक(एक विकेट लिन सफल रहे । प्रतिउत्तरमा २ सय ३ रनको विशाल लक्ष्य पछ्याएको नेपालका लागि ओपनरले विस्फोटक शुरुआत दिन सकेनन् । ओपनर कुशल भुर्तेलले ३२ बलमा संघर्षपूर्ण २८ रन बनाउँदा अर्का ओपनर आसिफ सेख पनि १० रनमै आउट भए ।

कुशल मल्लले २९, दीपेन्द्र सिंह ऐरीले ३२, सन्दीप जोराले २९, करन केसीले १८ रन बनाए पनि टोलीको हार टार्न भने सकेनन् । हारसँगै नेपाली टोली घर फर्किनेछ भने भारत स्वर्णको लक्ष्यसहित सेमिफाइनल खेल्नेछ । यसैबीच, यो खेलमा क्रिकेट समर्थक देखि समिक्षकसम्मले अम्पायरमाथि प्रश्न उठाएका छन् ।

प्रकाशित मिति २०८० असोज १६ गते मङ्गलबार १२:४४
प्रतिक्रियाहरु