क्रिकेट समर्थकमा छायो खुसी, टी–२० विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा, सन्दिपको कमब्याक

क्रिकेट समर्थकमा छायो खुसी, टी–२० विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा, सन्दिपको कमब्याक

छाँयापाटी

@छाँयापाटी

२०८० कार्तिक ११ गते शनिवार ०९:५१

काठमाडौं । आइसीसी टी–२० विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोट खेलका लागि नेपाली टिमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले टि–२० विश्वकप छनोट खेल्ने १५ सदस्यीय नेपाली टिम घोषणा गरेको हो। रोहित पौडेलको कप्तानीमा रहने नेपाली...

काठमाडौं । आइसीसी टी–२० विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोट खेलका लागि नेपाली टिमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले टि–२० विश्वकप छनोट खेल्ने १५ सदस्यीय नेपाली टिम घोषणा गरेको हो।

रोहित पौडेलको कप्तानीमा रहने नेपाली टिममा कुशल भूर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी छन्।

सन्दीप लामिछानेले विश्वकप छनोटको तयारी स्वरूप खेलिएको त्रिदेशीय टी-२० सिरिज नखेलेपनि विश्वकप छनोट खेल भने खेल्ने भएका छन्।विश्वकप क्रिकेटको एसिया छनोट खेल कात्तिक १३ गतेदेखि कीर्तिपुर र मुलपानीमा हुनेछ।

८ देश सहभागी हुने खेलमा २ समूह बनाइएको छ। नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा मलेसिया, ओमन र सिंगापुर छ। समूह ए का सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ।

समूह ‘बी’ मा बहराइन, हङकङ, कुवेत र युएई छ। समूह बीका सबै खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ। शीर्ष दुई टिम अर्को वर्ष हुने टी(२० विश्वकपमा छनोट हुनेछ । नेपालले पहिलो खेल सिंगापुरसँग सोमबार खेल्नेछ।

प्रकाशित मिति २०८० कार्तिक ११ गते शनिवार ०९:५१
प्रतिक्रियाहरु