सर्वाेच्च अदालतद्वारा रिगलको कैद मिनाहा गर्ने ‘राष्ट्रपतिको निर्णय बदर’

सर्वाेच्च अदालतद्वारा रिगलको कैद मिनाहा गर्ने ‘राष्ट्रपतिको निर्णय बदर’

छाँयापाटी

@छाँयापाटी

२०८० कार्तिक १६ गते बिहिबार ०३:५२

सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई तत्काल पक्राउ गरी बाँकी ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गराउन पनि आदेश दिएको छ ।

सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल ‘रिगल’लाई आममाफी दिने निर्णय बदर हुने आदेश दिएको छ।

कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले बुधबारसम्म दुवै तर्फको बहस सुनिसकेपछि आज निर्णय सुनाएको हो।

चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगलले संविधान दिवसकाे अवसरमा सरकारबाट बाँकी कैद माफी पाएका थिए।

उनलाई तत्काल पक्राउ गर्न सर्वाेच्चले परमादेश दिएकाे छ।सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई तत्काल पक्राउ गरी बाँकी ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गराउन पनि आदेश दिएको छ ।

प्रकाशित मिति २०८० कार्तिक १६ गते बिहिबार ०३:५२
प्रतिक्रियाहरु