बुवाले देखाएको बाटोमा निष्ठा र इमान्दारितापूर्वक हिँड्नेछु

बुवाले देखाएको बाटोमा निष्ठा र इमान्दारितापूर्वक हिँड्नेछु

छाँयापाटी

@छाँयापाटी

२०८१ बैशाख १८ गते मङ्गलबार ०७:३१

इलाम —पूर्वसभाभुख एवं एमालेका तत्कालीन उपनेता सुवासचन्द्र नेम्बाङको गत भदौ २७ मा हृदयघातका कारण निधन भएपछि उनले जितेको प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २  रिक्त थियो । त्यस क्षेत्रमा एमालेले नेम्बाङपुत्र सुहाङलाई उम्मेदवार...

इलाम —पूर्वसभाभुख एवं एमालेका तत्कालीन उपनेता सुवासचन्द्र नेम्बाङको गत भदौ २७ मा हृदयघातका कारण निधन भएपछि उनले जितेको प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २  रिक्त थियो । त्यस क्षेत्रमा एमालेले नेम्बाङपुत्र सुहाङलाई उम्मेदवार बनाएको थियो । मंगलबार बिहान घोषित मतपरिणामअनुसार सुहाङ २७ हजार ७ सय ७२ मतका साथ विजयी भए ।  निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाए ।

सांसदका रूपमा संघीय संसद छिर्न लागेका ३३ वर्षीय सुहाङले राजनीतिमार्फत बाबु सुवासकै पदचाप पछ्याउने लक्ष्य तय गरेका छन् । उपनिर्वाचन र प्राप्त नतिजामा केन्द्रित भई सुहाङ नेम्बाङसँग कान्तिपुरका लागि पर्वत पोर्तेल र लक्ष्मी गौतमले गरेको कुराकानीको सम्पादित अंश :

यो जितलाई कसरी लिनुहुन्छ ?

यसलाई ठूलो अवसरसँगै जिम्मेवारीको रूपमा लिएको छु । तमाम इलामेली आमा वुवा, दाजु भाइ तथा दिदी बहिनीले विश्वास गरेर मलाई जिताउनु भएको छ । म प्रति उहाहरुले गरेको विश्वासलाई घात गर्ने छैन । उहाँहरुका तमाम समस्या समाधानमा म अवका तीन वर्ष सक्रिय वन्नेछु ।

तपाईंका चुनावी एजेन्डा के थिए ?

सर्वप्रथम त इलाममा हामीले अघिदेखि नै विकासका एजेन्डा उठाएका थियौँ । खासगरी शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनतिर हाम्रो ध्यान थियो । कृषिमा उत्पादन, सहयोग र बजारीकरण र मूल्य निर्धारणका विषयमा हामी गम्भीर थियौँ । त्यससँग जोडिएका तमाम समस्या समाधानका लागि नीति निर्माणसँगै व्यवस्थित बजारीकरणका लागि पहल गर्ने छु । विशेषगरी इलामको पर्यटनमा मेरो फोकस रहने छ ।

इलाममा सडकको अवस्था ज्यादै दयनीय देखिन्छ । यो समस्या निराकरणका लागि तपाईंको योजना कस्तो छ ?

विकासका आधारहरू जे–जे छन्, मुख्य कुरा त बाटोघाटो नै हो । बजेट नआउने होइन, आएको पनि थियो । ठेक्कामार्फत काम अघि पनि बढेको थियो । तर, कतिपय कामले प्राविधिक कारण या लापर्वाहीले पूर्णता नपाएको देखियो । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन सबै क्षेत्रमा बाटो नै आवश्यक पर्छ । तसर्थ बाटोघाटो र पूर्वाधार विकासलाई म प्राथमिकतामा राख्नेछु । सुशासनप्रति म गम्भीर भएर लाग्ने छु । सांसद भएका नाताले बजेट ल्याउने मात्रै होइन, बजेट कार्यान्वयन भयो कि भएन समय समयमा अनुगमन पनि गर्ने छु ।

New source – kantipur.com

प्रकाशित मिति २०८१ बैशाख १८ गते मङ्गलबार ०७:३१
प्रतिक्रियाहरु