काठमाडौं -: प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको शत्रुले देश र जनाताको शिर उठेको हर्न नचाहेको बताएका छन् । उनले गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पोखरामा यस्तो बताएका हुन ।
उनले आफूले देश र जनाताको चाहानाअनुसार काम गर्दै अगाडि बेढेको र पार्टीलाई ठिक रुपमा अगाडि बढाएका कारण आफूमाथि निरन्तर हमला भएको बताए । उनले आफूमाथि भौतिक हमला भएपनि अब अनौठो नमान्न कार्यकर्ताहलाई बताएका छन् । देश र जनालाई ठिक ढंगले अगाडि बढाउन यो आन्दोलन सधै अगाडि बढाइरहन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
नेकपाको गण्डकी प्रदेशस्तररीय भेलालाई सम्बोधन गर्दै ओलीले अहिले आफ्नो पार्टीको विरुद्धमा केही समूह लागेको बताए । आफ्नो पार्टी राष्ट्रलाई अन्तराष्ट्रिय जगतमा स्वाधीन र भौगोलिक अखण्डतलाई माया गर्ने भएकाले आफ्नो पार्टी विरुद्ध अहिले अरु लागेका बताए ।
देशका शत्रुहरुले जनता र देशको शिर उठेको हेर्न नचाहेको र आफ्नो पार्टीको व्यवहार अहिले सहि नसक्नु भएको बताए । समृद्ध नेपाल सुखी नेपाली भित्र देशको तमाम कुरा समेटिएको र कतिलाई यो आकांक्षा कतिपयलाई मन नपरेको बताए । उनले यो आकांक्षा कुनैपनि हालतमा पुरा गर्ने संकल्प लिएको पनि बताए ।
देशबाट पछटैपन हटाउने, रागेव्याधी हटाउने, भ्रष्ट्राचार हटाउने अभियानमा आफू र आफ्नो पार्टी नीतिगत र कार्यगत योजना बनाएर अगाडि बढेको बताए । शिक्षा। स्वास्थ्य, सेवाका क्षेत्रमा भएको विकासको प्रयासमा केही मानिहरुलाई मन नपरेको उनले बताए ।
कुनै बेला वर्षमा १० किलो मिटर बाटो भन्ने अवस्था भएको बताउँदै ओलीले अहिले त्यो अवस्था नरहेको उनले बताए ।
प्रकाशित मिति २०७७ फाल्गुण १७ गते सोमबार ०४:२७