सरकारमा जाने भन्दा पनि प्रधानमन्त्री ओलीलाई कसरी हटाउने भन्नेमा सोचौँ : नेता थापा

सरकारमा जाने भन्दा पनि प्रधानमन्त्री ओलीलाई कसरी हटाउने भन्नेमा सोचौँ : नेता थापा

छाँयापाटी

@छाँयापाटी

२०७७ फाल्गुण २० गते बिहिबार ०८:४२

मलंगवा, २० फागुन -:  नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको निरन्तरता अब स्वीकार्य नहुने बताउनुभएको छ । नेपाली कांग्रेस अब सरकारमा जाने नजाने भन्दा पनि सरकारबाट केपी...

मलंगवा, २० फागुन -:  नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको निरन्तरता अब स्वीकार्य नहुने बताउनुभएको छ । नेपाली कांग्रेस अब सरकारमा जाने नजाने भन्दा पनि सरकारबाट केपी ओलीलाई कसरी हटाउने भन्नेमा अग्रसर हुनुपर्ने तर्क गर्नुभयो ।

त्यसका लागि नेपाली कांग्रेस आफैले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्छ, उहाँले भन्नुभयो । नेपाल प्रेस युनियन सर्लाहीले बिहीबार सदरमुकाम मलंगवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता थापाले अर्काले ल्याएको अविश्वासको प्रस्तावमा मद्धत गर्ने नभई काँग्रेस आफैले प्रस्ताव दर्ता गर्नुपर्ने बताउनुभएको हो ।

काँग्रेस नेता थापाले निर्वाचन आयोगले नेकपाको विवादबारे निर्णय दिन ढिला गर्दा प्रधानमन्त्री ओलीको स्वेच्छाचारी कदममा मद्धत पुगिरहेको आरोप समेत लगाउनुभयो ।

नेता थापाले भन्नुभयो,आयोगले निर्णय नदिँदा प्रधानमन्त्री ओलीले कम्प्युनिष्ट पार्टी फुटेको छैन्, त्यसैले म नै बहुमतको प्रधानमन्त्री हुँ भन्दै लामो समय संसदलाई बन्धक बनाएर राख्ने अवस्था रहेको छ ।विवाद लम्बिदै जाँदा संसद खरिद बिक्रीको खेल सुरु हुने र देशले अफ्ठेरो परिस्थितीको सामना गनुपर्ने नेता थापाको भनाई छ । अब भदौमा हुने पार्टीको महाधिवेशनले लाखौँ युवा पुस्तालाई पार्टीमा आकर्षित गर्न सक्नुपर्ने नेता थापाको भनाई थियो ।

प्रकाशित मिति २०७७ फाल्गुण २० गते बिहिबार ०८:४२
प्रतिक्रियाहरु