४६ सालमै भारतीय सेना भित्राएर राजालाई घुडा टेकाउन चाहन्थे माधव नेपाल

४६ सालमै भारतीय सेना भित्राएर राजालाई घुडा टेकाउन चाहन्थे माधव नेपाल

छाँयापाटी

@छाँयापाटी

२०७७ फाल्गुण २१ गते शुक्रबार ०९:४०

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा एमालेका पूर्वमहासचिव माधवकुमार नेपाल भारतीय सेनाको प्रत्यक्ष संलग्नतामा २०४६ सालमा नै राजतन्त्र उन्मूलन गरेर गणतन्त्र स्थापना गर्ने पक्षमा उभिएको दाबी पूर्वमन्त्री राधाकृष्ण मैनालीले गरेका...

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा एमालेका पूर्वमहासचिव माधवकुमार नेपाल भारतीय सेनाको प्रत्यक्ष संलग्नतामा २०४६ सालमा नै राजतन्त्र उन्मूलन गरेर गणतन्त्र स्थापना गर्ने पक्षमा उभिएको दाबी पूर्वमन्त्री राधाकृष्ण मैनालीले गरेका छन्।

मैनालीको पुस्तक ‘नलेखिएको इतिहास’ मा माधव नेपालको प्रयासलाई तत्कालीन माले महासचिव मदन भण्डारीले ठाडै अस्वीकार गर्दै कुनै पनि हालतमा विदेशी संलग्नतामा गणतन्त्र ल्याउन नहुने अडान लिएपछि विश्राम पाएको उल्लेख छ। २०४६ सालको जनआन्दोलन उत्कर्षमा पुगेका बेला भारतले मुलुकमा राजतन्त्र समाप्तिका लागि सेना पठाउन प्रस्ताव राखेको नेता नेपालले तत्कालीन मालेको केन्द्रीय समितिको बैठकसमक्ष राखेको मैनालीको दाबी छ।

२०४६ सालको जनआन्दोलन उत्कर्षमा पुगेका बेला भारतले मुलुकमा राजतन्त्र समाप्तिका लागि सेना पठाउन प्रस्ताव राखेको माधव नेपालले तत्कालीन मालेको केन्द्रीय समितिको बैठकसमक्ष राखेका थिए।

जनआन्दोलन निरन्तर चलिरहेका बखत पाटनको च्यासलमा मालेको केन्द्रीय समितिको बैठक बसेको थियो। त्यसबेला बैठकमा महासचिवले एजेन्डा राखेपछि केन्द्रीय सदस्यले थप एजेन्डाबारे आआफ्नो धारणा राख्ने चलन थियो। महासचिव मदन भण्डारीले एजेन्डा पेस गरेपछि माधवले सुरुमा नै प्रस्ताव राखे, आन्दोलनलाई उचाइमा पुर्‍याउन छिमेकी भारतले यथेष्ट सहयोग गर्ने भनेको छ।

‘के सहयोग?  मदनले सोधे। हतियारको सहयोग’, सगर्व माधवले भने। ‘हतियार चलाउन तालिम लिनुपर्‍यो। हामीसँग अनुभवी कार्यकर्ता छन्? मदनले फेरि सोधे। हतियार चलाउने मानिस पनि आउँछन्’माधवले फरर्र उत्तर दिए। आन्दोलनलाई गणतन्त्रमा पुर्‍याउन स्वीकार्नुपर्ने व्याख्यासमेत सुनाए माधवले’मैनालीले आफ्नो पुस्तकको १२३ पृष्ठमा ‘राजतन्त्र हटाउने माधवको प्रस्ताव’ शीर्षकमा उल्लेख गरेका छन्।

सोही शीर्षकमा मैनाली अगाडि लेख्छन्, ‘मैले र सीपीले बोल्न समय मागेका थियौं । मदनले चुप लाग्न इशारा गरे। आफैं बोले। होइन विवेक (माधवको भूमिगत कालको नाम) कमरेड, यो कस्तो प्रस्ताव हो? पार्टी केन्द्रीय कमिटीको बैठकमा विदेशी सेना भित्र्याउने प्रस्ताव ल्याउन मिल्छ ? भारतीय सेना त के चिनियाँ लालसेना आए पनि हामी स्वीकार्दैनौं।

इतिहासको विकासक्रममा राजतन्त्र स्थापित भयो। आफ्नै क्रियाकलापका कारण समयक्रममा नेपाली जनताको हातबाट यसको प्राण जान्छ। तपाईंको यस्तो प्रस्ताव कम्युनिस्ट पार्टीप्रतिको ठूलो अपमान हो। राष्ट्रको स्वाभिमान लुट्ने चाल हो। त्यसैले यसलाई फिर्ता लिइहाल्नुस्। माधवको प्रस्ताव माइन्युट हुन पाएन नै, बोली नै फिर्ता गर्न लगाए मदनले।माधवले भोलिपल्टको सोही बैठकमा त्यही प्रस्ताव फेरि दोहोर्‍याएको र ‘जिम्मेवार तहबाट’ सहयोग आउने भएको जिकिर गरेको मैनालीले पुस्तकमा उल्लेख गरेका छन्।

‘त्यो सहयोग कसरी आउँछ’मदनले सोधेका थिए। जबाफमा माधवले भारतीय सेनामा कार्यरत नेपालीलाई नै छुट्टी दिएर नेपाल पठाउने र उनीहरूले नै हतियार चलाउने जबाफ दिएको मैनालीले पुस्तकमा समेटेका छन्।

 

प्रकाशित मिति २०७७ फाल्गुण २१ गते शुक्रबार ०९:४०
प्रतिक्रियाहरु