काठमाडौं, २२ फागुन-: नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी (टिम) मा स्वागत गर्न चाहेको र आउनैपर्ने बताएका छन् । शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा विप्लव समूहका केही नेताहरुलाई पार्टी प्रवेश गराउदै अब विप्लवलाई पार्टीमा स्वागत गर्न चाहेको उनले बताएका हुन् ।
हिंसात्मक गतिविधिबाट शान्तिको राजनीतिमा आएका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ अन्ततः आफूले कोरेकै गोरेटोमा आइपुगेको उनले खुसी प्रकट गरेका छन् । ‘अन्तत विप्लवजी मैले कोरेको गोरेटोमा आइपुग्नु भएको छ । उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु । साथै, छिट्टै यस्तो कार्यक्रममा स्वागत गर्ने प्रतिक्षामा छु, ’उनले भने,मैले उहाँलाई जति बुझेको छु, चिनेको छु । उहाँ अन्तत, यही लाइन र यही टिममा आउनैपर्छ ।
विप्लव आफूबाट अलग भएपछि आफूले अर्को प्रचण्ड अहिले हुँदैन भन्ने गरेको स्मरण पनि अध्यक्ष प्रचण्डले गरेका छन्।यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुहिएको अण्डा भएको उनले बताएका छन् । कुहिएको अण्डा एकदमै गन्हाउने र त्यसलाई गाडिने वा जलाइने पनि उनले बताएका छन् ।
प्रचण्डले भने, अहिलेको परिस्थितिमा कुहिएको अण्डा हो, केपी ओली। गन्हाएको अण्डा त खाइँदैन। गाडिन्छ, या जलाइन्छ। हामी स्वस्थवर्दक जीवनशील तत्व हो ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुहिएको अण्डा भएको उनले बताएका छन् । कुहिएको अण्डा एकदमै गन्हाउने र त्यसलाई गाडिने वा जलाइने पनि उनले बताएका छन् ।प्रचण्डले भने,अहिलेको परिस्थितिमा कुहिएको अण्डा हो, केपी ओली। गन्हाएको अण्डा त खाइँदैन। गाडिन्छ, या जलाइन्छ। हामी स्वस्थवर्दक जीवनशील तत्व हो ।
प्रकाशित मिति २०७७ फाल्गुण २२ गते शनिवार ०३:३१