माधव नेपाल पाटी बिहिन भए र नि भन्दै छन् भनेः मैले बनाएको एमाले हो, म कहाँ छाड्छु

माधव नेपाल पाटी बिहिन भए र नि भन्दै छन्  भनेः मैले बनाएको एमाले हो, म कहाँ छाड्छु

छाँयापाटी

@छाँयापाटी

२०७७ फाल्गुण २३ गते आईतबार ०९:३०

काठमाडौं-:  माधवकुमार नेपालले आफूले एमाले नछाड्ने बताएका छन्। सर्वोच्च अदालतले सत्तारुढ दल नेकपाको दर्ता खारेज गर्दै तत्कालिन एमाले र माओवादी केन्द्रलाई ब्युँताउने फैसला गरेपछि पहिलो प्रतिक्रिया दिँदै तत्कालिन एमालेका वरिष्ठ...

काठमाडौं-:  माधवकुमार नेपालले आफूले एमाले नछाड्ने बताएका छन्। सर्वोच्च अदालतले सत्तारुढ दल नेकपाको दर्ता खारेज गर्दै तत्कालिन एमाले र माओवादी केन्द्रलाई ब्युँताउने फैसला गरेपछि पहिलो प्रतिक्रिया दिँदै तत्कालिन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले बनाएको एमाले नछाड्ने बताएका हुन्।

उनले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै भने, ‘एमाले मैले बनाएको हो, म एमाले कहाँ छाड्छु?यसैबीच सर्वोच्च फैसलापछि प्रचण्ड–माधव समूहले काुनन व्यवसायीहरुसँग छलफल थालेको छ। सिंहदरवारमा यतिबेला सो समूहले कानुन व्यवसयाीहरुसँग छलफल गरिरहेको छ।उता ओली समूहको संसदीय दलको बैठक बालुवाटारमा जारी छ।

सर्वोच्च अदालतको ‘नेपाल कम्युनिष्ट पार्टी’ नामक दल ऋषिराम कट्टेलले नेतृत्व गरेकै पार्टीको भएको फैसलापछि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)पुरानै अवस्थामा फर्केका छन् । ती दलबीच २०७५ जेठ ३ गते एकता भए पनि निर्वाचन आयोगमा दल दर्ताका हिसाबले कानूनसङ्गत नभएको आदेश दिइएको छ ।

अदालतको अादेशले दलहरू पुरानै अवस्थामा पुगेपछि नुवाकोटमा रहेका तत्कालीन एमालेका नेता कार्यकर्ताले सडकमा सूर्य चिन्ह बनाएर दीपावली गरेका छन । सर्वोच्च अदालतको आदेशलेआइतबार सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो दलसँग नाम जुधाएको जनाउँदै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछिको फैसलामा सो दल कट्टेलकै भएको फैसला गरेको छ ।

एकीकृत भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक दलसम्बन्धी ऐन विपरीत देखिँदा उत्प्रेषणको आदेशले बदर गर्ने फैसला अदालतले गरेको छ । यसपछि एमालेका कार्यकर्ताले देशैभर खुशी मनाएका छन

प्रकाशित मिति २०७७ फाल्गुण २३ गते आईतबार ०९:३०
प्रतिक्रियाहरु