काठमाडौं, फागुन २४-: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको पछाडी लाग्दा बर्वाद भएको बताउनु भएको छ । सर्वोच्च अदालतले सत्तारुढ नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युँत्याएपछि उहाको यस्तो प्रतिक्रिया आएको हो ।
नेता नेपालले सर्वोच्चको आदेशपछाडी सबैभन्दा अप्ठ्यारो आफुलाई नै परेको बताउनु भयो ।हो । सबैभन्दा अप्ठ्यारो मलाई नै पऱ्यो, मैले त सोच्दै नसोचेको कुरा भयो । यो ढंगको निर्णय त कसरी होला र ? कसरी होला र भन्नेमात्रै लाग्थ्यो के ?उहाको भनाई छ ।
तत्कालिन नेकपा रहँदा उहाले प्रचण्डसँग मिलेर अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन गुटबन्दीमा लाग्नु भएको थियो । तर, सर्वोच्चले पूर्वपार्टीहरु ब्युँत्याइदिएपछि उहालाई निक्कै ठुलो धक्का लागेको छ ।
आफु निकट नेताहरुसँग उहाले आफ्नो राजनीतिक जिवन नै सक्किएको भन्दै गुनासो पोख्न थाल्नु भएको एक नेताले जनताटाइम्सलाई जानकारी दिनुभयो ।प्रचण्डको पछाडी लाग्दा आफ्नो भविष्य नै धरापमा पर्यो, न आफ्नो पक्षमा एमाले रह्यो न त नेकपा नै रह्यो भन्नुहुन्छ’ति नेताले नेपालको भनाई उदृत गर्दै भन्नुभयो ।
नेकपाको बोर्ड हट्यो, एमालेको टाँगियो
विराटनगरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नामबाट पार्टीको गतिविधि सुरु गरिएको छ ।एक कार्यक्रमबीच सोमबार एमालेको साबिक जिल्ला पार्टी कार्यालय पांचाली विराटनगरमा अवस्थित भवनमा संघीय मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा नेकपा एमालेको बोर्ड टांगिएको हो ।
ढकालले त्यस अवसरमा कार्यकर्तालाई अभिवादन गरेका थिए । उनले यो ऐतिहासिक अवसर भएको बताएका छन् ।एमाले र माओवादीको एकीकरण भएपछि मदन स्मृति भवनमा पार्टीको कार्यालय संचालनमा आएको थियो । तर, सोमबार मध्यान्नदेखि भने नेकपा एमालेको बोर्ड टांगिएको छ । त्यसयता नेकपा अध्यक्ष पुष्पकमल दाहालदेखि केपी ओलीसम्म यही भवनमा आएर कार्यक्रम सहभागी हुने गरेका थिए ।
सर्वोच्च अदालतले नेकपालाई खारेज गरी नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएसँगै विराटनगरमा साविक एमालेका कार्यकर्ताले आफ्नो पार्टी कार्यालयमा गतिविधि सुरु गरेका हु्न ।
कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य गुरु बरालले देशलाई समृद्ध बनाउँदै अघि बढ्नु पर्छ भन्ने मान्यताले पार्टी एकता गर पनि त्यसले काम गर्न नसकेको बताए ।
भने,पार्टीले गति लिन सकेन । काम गर्न सकिएन । खासगरी प्रचण्डका गतिविधिले गर्दा नै धेरै व्यवधानहरु आएका थिए । अब सर्वोच्चले बाटो तय गरिएको छ । यो सार्थक छ ।
उनले एमालेले अब आफ्नो विगतको पहिचान झल्काउने गरी अघि बढ्नु पर्ने बताए ।केन्द्रीय सदस्य विनोद ढकालले एउटा लक्ष्यसाथ केपी ओलीले पार्टी एकता गरे पनि त्यसमा धेरै नेता मनबाटै जोडिन नसकेको बताउँदै भने,अब पनि आउन चाहनेलाई स्वागत गर्ने दिशामा एमाले नै अघि बढ्नुपर्छ । ढोका बन्द गर्नु हुँदैन ।
कानुन व्यवसायी हेमराज पन्तले सर्वोच्चमा फेरि पुनरावलोकन हुन्छ भनेर संशकित हुनुपर्दैन भन्दै संविधानको मर्मअनुसार नै फैसला आएको सुनाए ।उनले फैसलाको पूर्णपाठ नै आईसकेकोले फेरि के होला भन्ने द्विविधा नरहेको बताए ।
प्रकाशित मिति २०७७ फाल्गुण २४ गते सोमबार ०२:३६