केपी’ओलीले राजीनामा दिए फेरि एकता हुन्छ, एकै दलको सरकार बन्छ’

केपी’ओलीले राजीनामा दिए फेरि एकता हुन्छ, एकै दलको सरकार बन्छ’

छाँयापाटी

@छाँयापाटी

२०७७ फाल्गुण २६ गते बुधबार ०४:२९

काठमाडौं -: नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएमा अझै पनि पार्टी एकता हुन सक्ने बताएका छन्।' बुधबार बसेको स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले...

काठमाडौं -: नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएमा अझै पनि पार्टी एकता हुन सक्ने बताएका छन्।’ बुधबार बसेको स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्’।

‘नेकपा माओवादी केन्द्रको अडान यथावत छ, केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएमा एउटै पार्टीको सरकार बन्छ’ उनले भने, ओलीले राजीनामा पनि दिएनन्, पार्टी एकताको वातावरण पनि बनाएनन्’।

माओवादी केन्द्रले मंगलबारै स्थायी कमिटी बैठक राखेर प्रमुख प्रतिपक्षी कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता अघि बढाउने बताएको थियो। उसले प्रधानमन्त्रीबाट ओलीलाई विस्थापित गर्ने ‘वातावरण नबनेसम्म सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नै दुई वर्ष टिक्नुपर्ने बताउनु भएको छ । संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाले पार्टीको वरिष्ठ नेताको हैसियतले आफु यही सरकार थप दुई वर्ष टिक्नुपर्छ भन्ने अडानमा रहेको बताउनु भयो’ ।

संसद भनेको राजनीतिक खेल खेल्नु मुख्य मञ्च हो, अहिले सरकार हामीसँग छदै छ, यो सरकारले अब आउने दुई वर्षको कार्यकाल राम्रो ठंगले पुरा गर्नुपर्छ’, उहाले अगाडी भन्नुभयो, वरिष्ठ नेताको हैसियतले यही सरकार दुई वर्ष जानुपर्छ भन्ने चाहान्छु ‘। तर, अब संसदको कुरा हो ।

उहाले राजनीतिक पार्टी र राजनीतिज्ञले खेल खेल्ने ठाउँ संसद भएकाले नयाँ खेल शुरु भएको समेत बताउनु भयो । ‘अब नया खेलको शुरुवात हुन्छ त्यो नयाँ खेल कसरी हुन्छ भन्ने कुराको परिदृश्य तपाईहरुले विस्तारै विस्तारै देख्दै जानुहुन्छ । संसदले अब मुलुकलाई राम्रो निष्कर्षतर्फ लानुपर्छ’, उहाको भनाई थियो ‘।

प्रकाशित मिति २०७७ फाल्गुण २६ गते बुधबार ०४:२९
प्रतिक्रियाहरु