काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउने निर्णय गरेका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउने निर्णय सुनाएका हुन् ‘।
त्यसैगरी बैठकले मंसिर २ गतेदेखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ ‘। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामबहादुर थापा ‘बादल’ लाई एमालेमै बस्न सुझाव दिएका छन् ।
शुक्रबार बुटवलमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ‘। केही साथीले बादललगायत नेतालाई फकाउन सुझाव दिएको तर आफूलाई फकाउन मन नलागेको भन्दै उनले यस्तो बताएका हुन् ।
भो ति फर्किनु परेको छैन, उतै बसे हुन्छ’प्रचण्डले भने, ‘ति यहाँ आए भाडभैलो हुन्छ’ । यहाँ आएर रोए भने म पग्लिन्छु भन्ने डर छ । आफ्नै साथीहरु अन्यायमा परेजस्तो हुन्छ ।
प्रचण्डले बदमासी गरेकालाई फकाउँदा गल्ती हुने बताए । ‘सर्वोच्च अदालतले प्रचण्ड र केपी ओली नेतृत्वको नेकपालाई खारेज गरेपछि ओली समूहमा गएका नेताप्रति लक्षित गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
पार्टी अलगअलग हुँदा माओवादीका नेताहरु बादल, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, मणि थापालगायत नेता एमालेमै छन् । प्रचण्ड समूहमा रहेका माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेता एमालेमा फर्किए पनि माओवादीका नेताले ओलीको साथ नछोडेका हुन् ।’
प्रचण्डले पहिचान, अस्तित्व र इतिहास बिर्सिएर जानु जस्तो धिक्कार केही नभएको बताए । उनले विचार र आस्थामा रहँदामात्र क्रान्तिकारी हुनुको गर्वबोध हुने प्रष्ट पारे ।
केही केही गए तिनिहरु अस्तित्वहीन भएर गए । पहिचान, आफ्नो धर्ती, आफ्नो आधार, इतिहास र विरासत छोडेर भाग्नु भन्दा धिक्कार जीवनमा अरु केही हुनै सक्दैन’, प्रचण्डले भने, मान्छे बाँच्छ आस्थाको निम्ति, विचारको निम्ति, मर्छ आस्थाको निम्ति विचारको निम्ति । त्यसैमा मानव र क्रान्तिकारी हुनुको गर्वबोध हुने हो ।
माधवजीहरुले छिट्टै एमाले कब्जा गर्नुहुन्छ प्रचण्डले माधव नेपाल समूहले छिट्टै एमाले कब्जा गर्ने बताए ‘। उनले त्यसपछि ओलीलाई बाहिर हटाएर विद्रोह गर्ने बताए । उनले त्यसपछि फेरि माधव नेपाल र झलानाथ खनालसँग मिलेर कम्युनिस्ट आन्दोलनको ठूलो शक्ति बन्ने विश्वास व्यक्त गरेका छन् ।
माधवजी र झलनाथ दुई नेतासँग देशभर गएर कुरा राखेका छौँ । यसले हाम्रो संगठन विस्तार भएको छ । यो कुराले या त माधवजीहरुले छिट्टै एमाले ‘क्याप्चर’ गर्ने स्थिति हुन्छ र केपी ओलीलाई बाहिर हटाउने स्थिति बन्छ । होइन भने माधवजीहरुले विद्रोह गर्ने स्थिति बन्छ’, प्रचण्डले भने, ‘उहाँहरु र हामी मिलेर फेरि कम्युनिस्ट आन्दोलनको ठूलो शक्ति बन्छ । यो विश्वास मैले लिएको छु ।’
प्रकाशित मिति २०७७ फाल्गुण २८ गते शुक्रबार ०४:५१