धुम्बाराहीमा केपी ओली र माधव नेपालबीच बैठक सुरू तर झलनाथ खनाल गएनन्

धुम्बाराहीमा केपी ओली र माधव नेपालबीच बैठक सुरू तर झलनाथ खनाल गएनन्

छाँयापाटी

@छाँयापाटी

२०७७ चैत २ गते सोमबार १२:५४

काठमाडौं , २ चैत -:  नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बैठक सुरु भएको छ । एमाले ब्युँतिएपछि पहिलो पटक ओली र नेपाल औपचारिक रुपमा पहिलोपटक छलफलमा बसेका हुन् । पार्टी कार्यालय धुम्बाराहीमा...

काठमाडौं , २ चैत -:  नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बैठक सुरु भएको छ । एमाले ब्युँतिएपछि पहिलो पटक ओली र नेपाल औपचारिक रुपमा पहिलोपटक छलफलमा बसेका हुन् ।

पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, उपनेता सुवासचन्द्र नेम्वाङ र  सचिव प्रदिप ज्ञवाली सहभागी छन् । त्यस्तै नेपाल पक्षबाट झलनाथ खनाल र माधव नेपालसहित भिम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र घनश्याम भुषाल सहभागी छन् ।

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यालय धुम्बाराही बैठकमा नबोलाएपछि वरिष्ठ नेता झलनाथ खनाल अनुपस्थित हुनु भएको छ । सोमबार पार्टी कार्यालयमा नेता माधवकुमार नेपाल पक्षलाई मात्र बैठकमा बोलाइएको तर, खनाल पाक्षलाई नबोलाएपछि उहाँ नजानुभएको जनाइएको छ ।

आफूलाई बैठकमा बोलावट नभएकाले नगएको सञ्चारकर्मीसँग नेता खनालले भनेका छन् । तर, नेता नेपालले ओली भेट गर्नअघि खनालसँग परामर्श गरेको उनले बताएका छन् ।

अहिले पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष ओली र नेता नेपाल पक्षबीच भेटवार्ता र छलफल चलिरहेको छ ।छलफलका लागि ओली पक्षबाट अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहित महासचिव ईश्वर पोखरेल, नेता तथा मन्त्रीहरु विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागी छन् भने नेता नेपालका तर्फबाट भीम रावल, घनश्याम भुषाल, रघुजी पन्त लगायत सहभागी छन् ।

छलफलमा माधव पक्षले ओलीसँगको छलफलमा विधानविपरीत गरेको नेताहरुको जिम्मेवारी हेरफेरलाई खारेज गर्न औपचारिक प्रस्ताव गर्ने तयारी गरेको जनाइएको छ ।

प्रकाशित मिति २०७७ चैत २ गते सोमबार १२:५४
प्रतिक्रियाहरु