बारा-पर्सा औद्योगिक कोरिडोरका ४० प्रतिशत उद्योगहरु संचालनमा आउन सकेनन् !

बारा-पर्सा औद्योगिक कोरिडोरका ४० प्रतिशत उद्योगहरु संचालनमा आउन सकेनन् !

छाँयापाटी

@छाँयापाटी

२०७७ मङ्सिर १८ गते बिहिबार ०९:३४

सम्पूर्ण उद्योगहरु संचालन हुन नसक्नुमा जनशक्ति अभाव मात्रै नभई कच्चा पदार्थको मूल्य वृद्धि, बजारमा तयारी सामानको खपत कम हुनु, पुरानो उद्यारो रकम संकलन हुन नसक्नु र विभिन्न उद्योगहरुमा मजदुर संगठनहरुले गरि रहेको आन्दोलन पनि मुख्य पाटो रहेको भन्दै सचिव राजपालले नेपाल भारत सीमा औपचारिक रुपमा खुल्ला भएपछि मात्रै भारतका कामदाहरु आउने उद्योगहरु संचालन हुने बताए । अर्कोतर्फ नेपाली मजदुरहरुले तलब भत्ता वृद्धि गर्नुपर्ने लगायत विविध मागहरु राखेर उद्योगहरुमा आन्दोलन गरि रहेको कारण पनि उद्योग संचालनमा समस्या भएको बताए ।

वीरगन्ज (पर्सा), १८ मंसिर -:  कोरोना महामारीका कारण मुलुकमा भएको लकडाउन तथा निषेधाज्ञाको क्रममा बन्द भएको उद्योगहरुमध्ये हालसम्म ४० प्रतिशत उद्योगहरु संचालनमा आउन सकेको छैनन् ।बारा, पर्सा औद्योगिक कोरिडोरमा संचालन रहेका साना ठूला करिब २ हजार ५ सय उद्योगहरुमध्ये ४० प्रतिशत उद्योगहरु विविध कारणबस लकडाउन फुकुवा भएको करिब तीन महिना वित्न लाग्दा पनि संचालनमा आउन नसकेको हो ।

कोरोना संक्रमण महामारी फैलिएसँगै बारा, पर्सा औद्योगिक कोरिडोर क्षेत्रमा रहेका उद्योगहरु मध्ये करिब ९५ प्रतिशत उद्योगहरु करिब ६ महिनासम्म पूर्ण रुपमा बन्द रहेको थियो ।लकडाउन खुकुलो भएसँगै विस्तारै उद्योगहरु संचालनमा आएपनि जनशक्ति अभाव, बजार भाउ नपाउनु तथा कच्चा पदार्थको मूल्य वृद्धि लगायत विविध कारणले गर्दा लकडाउन फुकुवा भएको तीन महिना वित्न लाग्दा पनि उद्योगहरु पूर्ण रुपमा संचालन हुन नसकेको वीरगन्ज उद्योग वाणिज्य संघका सचिव माधव राजपालले जानकारी दिए ।

उनका अनुसार कोरोना महामारीको कारण बन्द भएका उद्योगहरुमा पुगेको क्षतिलाई व्यवहोर्न एक वर्षभन्दा बढि समय लाग्न सक्ने र मुलुकमा लकडाउन फुकुवा भएपनि नेपाल भारत सीमा क्षेत्र बन्द रहेको कारण जनशक्ति अभावको कारण अहिलेपनि बन्द रहेको उद्योगहरु संचालन हुने अवस्था नरहेको बताए ।

वीरगन्ज स्थित रहेको अधिकाँश उद्योगमा ‘स्किल मैन’ एवं ‘टेक्निनिसियन’ हरु भारतको ठूलठुला सहरहरुको रहेको र उनीहरु नेपाल सरकारले औपचारिक रुपमा सीमा खुल्ला नगरेसम्म आउन नमानेको कारण पनि उद्योगहरु संचालन हुन नसकेको बताए ।’बारा, पर्सा औद्योगिक क्षेत्रमा रहेको अधिकाँश उद्योगहरुमा भारतको दिल्ली, कोलकत्ता, राजस्थान, चेन्नई, गुजरात लगायतका सहरहरुका टेक्निसियन तथा स्किलमैनहरु काम गर्ने गरेका छन् ।

सम्पूर्ण उद्योगहरु संचालन हुन नसक्नुमा जनशक्ति अभाव मात्रै नभई कच्चा पदार्थको मूल्य वृद्धि, बजारमा तयारी सामानको खपत कम हुनु, पुरानो उद्यारो रकम संकलन हुन नसक्नु र विभिन्न उद्योगहरुमा मजदुर संगठनहरुले गरि रहेको आन्दोलन पनि मुख्य पाटो रहेको भन्दै सचिव राजपालले नेपाल भारत सीमा औपचारिक रुपमा खुल्ला भएपछि मात्रै भारतका कामदाहरु आउने उद्योगहरु संचालन हुने बताए । अर्कोतर्फ नेपाली मजदुरहरुले तलब भत्ता वृद्धि गर्नुपर्ने लगायत विविध मागहरु राखेर उद्योगहरुमा आन्दोलन गरि रहेको कारण पनि उद्योग संचालनमा समस्या भएको बताए ।

बिगत लामो समयदेखि बन्द रहेकोले उद्योगीहरुको ढाड नै भाँच्चिएको अवस्थामा मजदुरहरुले सहयोग गरेर उद्योग संचालन गर्नुपर्नेमा उल्टै समस्या परेको बेला विविध माग राखेर कामकाज ठप्प पारेर आन्दोलन गर्ने गरेको कारण पनि उद्योगहरु संचालन हुन नसकेको भन्दै सचिव राजपालले मजदुरहरुको माग पनि जायज नै रहेको तर यस्तो घाटाको मार खेप्दै गुज्रिरहेको उद्योगहरुलाई कम्तिमा एक वर्ष कुनै किसिमको बहानामा उद्योगको कामकाज ठप्प नपार्न मजदुरहरुलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति २०७७ मङ्सिर १८ गते बिहिबार ०९:३४
प्रतिक्रियाहरु