एमालेमा माधव पक्षको अडान माओवादी बिना अगाडी जादैनौ

एमालेमा माधव पक्षको अडान माओवादी बिना अगाडी जादैनौ

छाँयापाटी

@छाँयापाटी

२०७७ चैत २ गते सोमबार ०४:०१

काठमाडौं -:  एमालेमा बागी बनेको माधव नेपाल पक्षले फेरि पनि माओवादी केन्द्रसँग एकीकरण गर्नुपर्ने विचार अगाडि सारेको छ । माधव पक्षले आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा संस्थापन पक्षसँग गरेको छलफलमा सो विचार अगाडि सारेको...

काठमाडौं -:  एमालेमा बागी बनेको माधव नेपाल पक्षले फेरि पनि माओवादी केन्द्रसँग एकीकरण गर्नुपर्ने विचार अगाडि सारेको छ । माधव पक्षले आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा संस्थापन पक्षसँग गरेको छलफलमा सो विचार अगाडि सारेको हो’ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै माधव पक्षका नेता भिम रावलले भन्नुभयो– ‘हामी वाम एकताको पक्षमा पहिले पनि थियौं र अहिले पनि छौं, नेकपालाई नै एकतावद्ध बनाएर अगाडि बढ्नुपर्छ भन्ने स्पष्ट गर्‍यौं ‘।

माधव गुटले चैत ४ गते राखेको भेला स्थगित गर्न पार्टी संस्थापनसँग सर्त राखेको नेता रावलले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थापन पक्षले एमाले पुनर्स्थापित भएपछि गरेका निर्णयहरु फिर्ता गरेमा चैत ४ को भेला स्थगित गरिने छ’ ।

चैत ७ गते बस्ने एमाले केन्द्रीय समितिको बैठकमा पनि आफूहरु नजाने रावलले बताउनुभयो ।’ संस्थापन पक्षले फागुन २८ गते गरेको कुनै पनि निर्णय नमान्ने अडान छलफलमा राखेको पनि उहाँले बताउनुभयो ।

आजको छलफलमा पार्टी अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखेरेल, सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली सहभागी हुनुहुन्थ्यो । उता माधव पक्षबाट माधवकुमार नेपाल, भिम रावल, रघुजी पन्त, घनश्याम भुषाल लगायत हुनुहुन्थ्यो ।

बैठकपछि रावलले भन्नुभयो– २३ गते सर्वाेच्चको फैसलापछि गरेका सबै निर्णय शुन्य हुनुपर्छ’ । खासगरी २८ गते हामीलाई खबर नगरी, बहुमत सदस्यलाई उपस्थित नगराई निर्णय गरिएको छ । त्यो पनि फिर्ता हुनुपर्छ । उहाँहरुले हाम्रा कुरा मान्नुभएन ।

तर, रावलले छलफल हुनुलाई भने सकारात्मक भन्नुभयो । सहमति नभएको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘सहमति नहुनुको अर्थ विवाद चुलिँदै जान्छ भन्ने होइन । छलफल गरौं भन्नासाथ हामी आइहाल्यौं । एकपटक बस्दैमा सबै कुरा ठिक हुन्छ भन्ने छैन ।’

बैठकपछि सञ्चारकर्मीहरुलाई नेता सुरेन्द्र पाण्डेले भन्नुभयो ‘अदालते हामीलाई पार्टी एकता भन्दा अगाडिको अवस्थामा ल्याएको छ । त्यहिँ बिन्दुबाट प्रारम्भ गर्नुपर्छ भन्ने हाम्रो कुरा थियो । त्यो कुरा उहाँहरुले मान्नुभएन ‘। कुरा मिलेन ।

छलफलपछि माधव पक्षका नेता रघुजी पन्तले सञ्चारकर्मीहरुलाई भन्नुभयो ‘छलफल सुरु भएको छ, निर्णय केही पनि भएको छैन ।एमाले पुनर्स्थापित भएपछि अध्यक्ष ओलीले गर्नुभएका निर्णय आफूहरुले नमान्ने जानकारी दिएको पन्तले बताउनुभयो ।

प्रकाशित मिति २०७७ चैत २ गते सोमबार ०४:०१
प्रतिक्रियाहरु