काठमाडौं -: नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटको प्रस्ताव गरेका छन् ।
माधवकुमार नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएपछि दबावमा परेका ओलीले आइतबार साँझ प्रचण्डलाई फोन गरेका थिए । उनले प्रचण्डलाई भेट गरौं भनेको उच्च स्रोतको दाबी छ ।
तर प्रचण्डले भेटका लागि रुची नदेखाएका स्रोतले बताएको छ’ । माओवादीका एक स्थायी कमिटी सदस्य भन्छन्, ‘पार्टीको बैठक चलिरहेको छ । बैठक सकेपछि खबर गरौंला भन्नुस् भनेका थियौं । के गर्नु हुन्छ ?
केपी ओली र माधवकुमारको चर्काचर्की, अरु नेता हेर्याहेर्यै
सत्तारुढ नेकपाको दुई समूहबीच सोमबार छलफल भयो । चार महिना देखिएको संवादहिनता तोड्दै अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल छलफलको टेबुलमा बसे ।’ सोमबार पार्टी मुख्यालयमा भएको छलफलमा ओली र नेपाल दुवै पक्षका अरु नेताहरु पनि सहभागी भएका थिए ।
यही चैत ७ गते बोलाइएको केन्द्रीय कमिटी बैठक अघि सोमबार दुवै पक्ष छलफलमा बसेका हुन् ‘। सो छलफलमा ओली समूहबाट अध्यक्ष ओलीसहित ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ र नेपाल समूहबाट नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्त सहभागी भए ।
तर, सो छलफलमा अध्यक्ष ओली र नेता नेपालबीच चर्काचर्की भएको नेताहरुले बताएका छन्’ । सौहार्द वातावरणमा सुरु भएको छलफलपछि टर्राे भएर सकिएको बैठकपछि बाहिरिने क्रममा नेता नेपालले पत्रकारहरुलाई जानकारी दिए ।
‘सुरुमा कुराकानी गुलियो, राम्रो भयो । ‘तर, छुट्टिने बेलामा टर्रो कुराकानी भयो’, नेता नेपालले भने । यस पनि ओली र नेपालबीच चर्काचर्की परेको बुझ्न सकिन्छ ।
एक नेताकाअनुसार छलफलमा नेता नेपालले पार्टीमा कुनै व्यक्ति वा पदाधिकारीको एकल हुकुम नचल्ने बताएपछि चर्काचर्की परेको हो । ‘कुनै व्यक्ति वा पदाधिकारीको एकल हुकुम पार्टीमा चल्दैन, अदालतको आदेशले केन्द्रीय समितिदेखि तल्लो तहसम्मलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काएको मात्र हो’, नेता नेपालले भने ।
नेता नेपालले सो भन्नासाथ प्रधानमन्त्री ओलीले तुरुन्तै जवाफ फर्काइहाले । अध्यक्ष र महासचिव मात्रै रहने गरी सबै पदाधिकारी खारेज गर्ने र प्रदेश इन्चार्ज नियुक्तको आफ्नो निर्णयको बचाउ गर्दै अध्यक्ष ओलीले भने, ‘२८ गते पार्टीले निर्णय लिइसक्यो, चित्त बुझ्दैन भने ७ गतेको बैठकमा आएर आफ्ना कुरा राख्न्नुहोस् ।
अध्यक्ष ओलीको कुरा सुनेपछि आक्रोशित हुँदै नेता नेपालले भने, ‘त्यसोभए हुँदैन, संवाद गर्नुभएकोमा धन्यवाद, संवादलाई भने जारी राखौंला ।अहिलेलाई कुरा नमिलेको नेता नेपालले अध्यक्ष ओलीलाई बताए ‘। सुरुमा राम्रो भएको र पछि बाहिरिने बेला टर्राे भएको भन्ने नेता नेपालको भनाइले भित्र चर्काचर्की भएको एक नेताले दिएको जानकारीलाई पुष्टि गर्छ । दुई नेताबीच सवाल जवाफ भइरहँदा सहभागी अरु नेताहरु हेराहेर गरेका थिए ।
अध्यक्ष ओलीसहित उनको समूहसँगको छलफलपछि सोमबा
प्रकाशित मिति २०७७ चैत २ गते सोमबार ०७:४३