सबै समस्याको जड केपी ओलीको अहंकार र व्यक्तिवाद : माधव नेपाल

सबै समस्याको जड केपी ओलीको अहंकार र व्यक्तिवाद : माधव नेपाल

छाँयापाटी

@छाँयापाटी

२०७७ चैत ४ गते बुधबार ०२:२८

४ चैत, काठमाडौं -: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले देखिएको समस्याको मूल कारण पार्टी अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् । आफूपक्षीय नेताहरुको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले केपी ओलीको अहंकार र व्यक्तिवाद,...

४ चैत, काठमाडौं -: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले देखिएको समस्याको मूल कारण पार्टी अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् ।

आफूपक्षीय नेताहरुको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले केपी ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहनाले पार्टीमा समस्या भएको बताए ।

ओलीकै कारण एमाले र माओवादी केन्द्रबीचको एकता भाँडिएको पनि नेता नेपालले बताए ।पछिल्लो समयमा उहाँले पार्टी एकता अगाडि बढाउन नै चाहनुभएन’ उनले भने ।

ओलीले आलोचना र सुझाव नसुन्ने, पार्टी एकतालाई स्वार्थ सिद्धिको साधन बनाएको भन्दै नेता नेपालले भने जबजको नारा लगाएर निरंकुश प्रवृत्ति देखाउनुभयो, आफ्नो गल्तीको दोष सधैंभरी अरुलाई थोपर्नुभयो ।

ओली सधैं पूर्वाग्रही रहेको र असहमतलाई पक्षपातपूर्ण व्यवहार गरेको भन्दै उनले एक अर्का नेतालाई लडाउने, भिडाउने काम गरेको आरोप पनि लगाए ।उहाँले प्रधानमन्त्रीको कुर्सी बचाउन संविधानको अपब्याख्या गर्नुभयो, पार्टी निर्णय र सहमति भएका भन्दा विपरीत काम गर्नुभयो’ नेता नेपालले भने ।

प्रकाशित मिति २०७७ चैत ४ गते बुधबार ०२:२८
प्रतिक्रियाहरु